top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

‘आइ लभ यू’ भन्न नसक्दा विवाह रोकियो : राजेशपायल राई (भिडियोसहित)  |  Published: August 5, 2015  |  बुद्धबार 20 साउन, 2072  |  2:53 PM  |  Viewed: 9668 times

काठमाडौं, श्रावण २० । ‘फैलियो माया दुबो सरी’ हुँदै  ‘दर्शन नमस्ते’ लगायतका सयौं गीत गाएका राजेशपायल राई धेरै संगीतप्रेमीको रुचाइएका गायक हुन ।

१४ बर्षको कलिलो उमेरमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर नेपाली सांगीतिक दुनियाँमा उदाएका राजेशको धेरैजसो सांगीतिक कार्यक्रम विदेशमा मात्र केन्द्रित छन् ।

प्रवासमा रहेका नेपालीहरुको रोजाइमा राजेशको नाम अग्रपंक्तिमा आउछ । हुन पनि उनले आफैं स्विकारेका छन: ‘ २१ पटक गृह जिल्ला पुगेको छैन होला तर २१ पटक त हङकङ मात्रै पुगिसकें ।’

इमेज च्यानलबाट प्रशारण हुने ‘इ–सेलेप्स’ कार्यक्रममा अन्तरबार्ताका क्रममा उनले आफ्नो यति धेरै चर्चा हुंदा आफैं चकित परेको बताएका छन् । उनले भनेः‘मलाई रेडियो नेपाल स्टुडियोमा छिरेर गीत गाउने रहर चाहीं थियो, स्टार’ नै बन्छु भन्ने लागेको थिएन ।’ 

अन्तरबार्ताको क्रममा उनले चुरोट र रक्सी खाएर स्टेजमा उत्रिनु नहुने रहेछ भन्ने यतिबेला चेतना आएको पनि बताए । उनलाई गम्भिर रोगले लामों समयसम्म गाँजेको भए पनि औषधीले एकाएक निको भएकोमा खुशी व्यक्त गरे ।

नयाँ पुस्ताका गायकहरुलाई राजेशपायल जस्तो बन्ने सपना नदेख्न सुझाएका छन । उनले आफ्नै पहिचान स्थापित गर्न समेत आग्रह गरे ।

राजेशपायलले कसैलाई ‘आइ लभ यू’ भन्न नसक्दा विवाह हुन नसकेको स्विकारेका छन् । भगवानले मिति तोकिदिएपछि उनले चाँडै मागी विवाहको योजना रहेको सुनाए ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell