top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

रक्सी र रोमान्समा फसेको युवाको यस्तो बर्बादी (भिडियोसहित)  |  Published: August 6, 2015  |  बिहीवार 21 साउन, 2072  |  2:52 PM  |  Viewed: 8568 times

काठमाडौं, श्रावण २१ । रक्सी र रोमान्समा फसेको युवा आफ्नो जीवनलाई कसरी बर्बाद पार्दैछ भन्ने यथार्थ चित्रण एउटा गीतको भिडयोबाट स्पष्ट हुन्छ ।

निकिता थापाले स्वर दिएको ‘एउटा भीड छ त्यस्तो तिमी पछि लागेका छौं..’ बोलको गीतमा देखाइएको दृश्यले एउटा युवा विवाहको तेस्रो बार्षीकउत्समा पनि अन्य युवतीहरुसँग रोमान्स गरेर फर्किएको क्षणले श्रीमतीले व्यहोरेको तनावको दृष्य निकै मार्मिक रुपमा देखाइएको छ ।

योगेन्द्रमणी दाहालको शब्दलाई निकिताले स्वर भरेपछि सहेन्द्र श्रेष्ठले भिडियोको निर्देशन गरेका छन् । दिवस र सुरक्षाले अभिनय गरेको भिडियोलाई हरि हुमागाइले खिचेका हुन ।

विवाहको तेस्रो बार्षिकउत्सव मनाउन पर्खिरहेकी श्रीमतीका अगाडी मादक पदार्थ सेवन गरेर राती अबेर फर्कने युवाको अवस्थालाई भिडियोले दुःखान्त रुपमा प्रस्तुत गरेको छ ।

बाहिरी रोमान्स भन्दा श्रीमतीको माया नै उचित ठहर्याएको युवाले आत्मग्लानी महशुस गरेको अन्तिम दृश्यले भिडियोलाई उत्कृष्ट बनाउन मद्धत पुर्‍याएको छ ।   

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell