top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

गीत–संगीतका स्रष्टाहरु पुरस्कृत  |  Published: August 9, 2015  |  आईतवार 24 साउन, 2072  |  7:14 PM  |  Viewed: 743 times

काठमाडौं, श्रावण २४ । वरिष्ठ संगीतकार स्व. नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘नातिकाजी श्रेष्ठ विशिष्ठ स्रष्टा सम्मान’बाट पण्डित भवनाथ शर्मा सम्मानित भएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार गरिएको एक कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले शर्मालाई पुरस्कारसहित सम्मान गरेका हुन्

पण्डित शर्माले धर्मशास्त्र, पुराण र वेदान्तको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको नातिकाजी स्मृति समाजले जनाएको छ ।

यस्तै, नातिकाजी विशेष सम्मानबाट संगीतकार शान्ति ठटाल, गीतकार माधव खनाल ‘भावुक’, कमला श्रेष्ठ, दिनेशहरि अधिकारी, साहित्यकार गणेश रसिक तथा अर्थशास्त्री एवं गीतकार डा. विश्वम्भर प्याकुरेल सम्मानित भएका छन् ।

कार्यक्रममा राष्ट्रपति डा. यादवले यसवर्षको ‘नातिकाजी संगीत पुरस्कार तथा सम्मान’, गीतकार धनेन्द्र विमल, गायिका तारा थापा, संगीतकार भूपेन्द्र रायमाझीलाई प्रदान गरे ।

यसैगरी नातिकाजी युवा संगीत पुरस्कारबाट कवि एवं पत्रकार डा. नवराज लम्साल, गायिका जुना प्रसाई, संगीतकार सरिता मिश्र सम्मानित भएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति डा यादवले कलाकार देशका अमूल्य निधी भएको बताए ।

स्वर्गीय नातिकाजीले नेपाली गीत तथा संगीतको क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै उनले देखाएको बाटोमा युवा पुस्ता हिड्नु पर्ने राष्ट्रपति डा यादवको भनाई थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell