top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

तीजले संघर्ष गर्ने उर्जा दिन्छ : रोमा  |  Published: August 16, 2015  |  आईतवार 31 साउन, 2072  |  12:47 PM  |  Viewed: 1673 times

काठमाडौं, श्रावण ३१ । एउटा खुट्टाको सहारा मै नृत्यलाई पेशा बनाउँदै आएकी रोमा न्यौपाने तीजको तयारीमा जुटेकी छन् । महिलाहरुका लागि वर्षभरीकै सबैभन्दा महत्वपूर्ण पर्व तीज हो भन्ने मान्यता बोकेकी उनी यस वर्ष हिमाली जिल्ला मुस्ताङमा पुगेर तीज मनाउने योजनामा छिन् ।

तीजमा दिदीबहिनीहरु आफ्ना दुःख–सुखका कुरा एक–आपसमा बाडेर मानसिक रुपमा हलुका हुने उनको अनुभव छ । ‘तीजमा मनका कुरा साटेर दिदीबहिनीहरु मानसिक रुपमा हलुका हुन्छन्,’ ईमेजखबर डट कमसँग कुरा गर्दै उनले भनिन्, ‘यसरी मानसिक रुपमा हलुका भइसकेपछि फेरि संघर्ष गर्ने उर्जा प्राप्त हुन्छ ।’

आफूले पनि आम महिलाहरुले जस्तैगरि तीज मनाउने गरेको उनले बताइन् ।

तीज कै बेलामा दिदीबहिनीहरुको कार्यक्रममा सहभागिताका लागि आफूलाई बढी निमन्त्रणा आउने गरेको उनले बताइन् । ‘त्यसैले तीजमा केही व्यस्त नै भइन्छ,’ उनले भनिन्, ‘तीजमा नाँच्छु, हाँस्छु, रमाएरै तीज मनाउँछु ।’

अचेल नेपाली समाजमा तीज मनाउने तौरतरिका औसत रुपमा आफूलाई ठिकै लाग्ने उनको भनाई छ । यद्यपी कतिपय परम्परागत कुराहरु र तरिका अचेल असान्दर्भिक देखिएको उनले बताइन् । समयसँगै तीज मनाउने तरिका परिस्कृत हुँदै जानुपर्ने उनको भनाई छ ।

व्यावसायिक रुपमा सफल नृत्यांगन रहेकी उनले भदौभरि थुप्रै कार्यक्रमका लागि निमन्त्रणा आएको बताइन् । धेरै निमन्त्रणा आउँदा आफु कहिल्यै नगएको ठाउँलार्इ पहिलो रोजाइमा राख्ने गरेको उनी बताउँछिन् ।

नृत्यबाट आत्मनिर्भर हुन धेरै मेहनेत गर्नु पर्ने उनको अनुभव छ । ‘नयाँ–नयाँ र फरक–फरक प्रस्तुति दिन सके आत्मनिर्भर हुन सकिन्छ,’ उनले भनिन्, ‘सानो बजार र अझै पनि कतिपयले नृत्यप्रति नकारात्मक धारणा राख्ने गरेका कारण थोरै व्यक्तिमात्र यो पेशामा आत्मनिर्भर हुन सक्ने उनको भनाई छ ।

नृत्यलाई नै पेशा बनाउन चाहने नवयुवा–युवतीलाई उनी अरुको लहडमाभन्दा पनि आफ्नो रुची र क्षमता अनुसारको जुनसुकै पेशा अंगाल्न सुझाव दिन्छिन् । ‘पेशा अँगालिसकेपछि पेशाप्रति इमान्दार भई दत्तचित्त भएर लाग्नु पर्दछ,’ उनले भनिन् ।

उनी आफू आफ्नो पेशाप्रति यतिन्जेल सन्तुष्ट रहेको बताउँछिन् । स्वास्थ्य ,उमेर र समयले साथ दिउन्जेल यही पेशामा लागिरहने उनको भनाई छ ।

‘नृत्य क्षेत्र मनोरञ्जन गर्नेमात्र क्षेत्रमात्र होइन, नृत्यबाट चेतना पनि बाँड्न सकिन्छ,’ उनले भनिन्, ‘कतिपयले यो कुरा नबुझिदिंदा मलाई केही असजिलो महसुस हुन्छ ।’

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell