top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

लामखुट्टे र कुकुर भगाउन मोबाइल एप  |  Published: August 18, 2015  |  मंगलवार 1 भदौ, 2072  |  7:53 AM  |  Viewed: 27085 times

काठमाडौं, भदौ १ । तपाईलाई लामखुट्टे वा कुकुरले तनाव दिइरहेको छ ? छ भने धन्दा नमान्नुस्, एउटा मोबाइल एपले तपाईलाई मद्दत गर्न सक्छ ।

लामखुट्टेबाट जोगिनका लागि केमिकलयुक्त प्रविधि प्रयोग गर्दा मानिसमा त्यसको ‘साइड इफेक्ट’ पनि हुन सक्छ । तर यो एपले कुनै ‘साइड इफेक्ट’ विना तपाईलाई लामखुट्टे र कुकुरको तनावबाट मुक्ति दिन्छ ।

Hertzier नामक एप आफ्नो स्मार्टफोनमा डाउनलोड गरेपछि यसबाट निस्कने ‘हाइ फ्रिक्वेन्सी’ आवाजले लामखुट्टे र कुकुरलाई भगाउँछ । यो एपमा लामखुट्टेका लागि छुट्टै आवाज छ भने कुकुरका लागि छुट्टै आवाज उपलब्ध छ ।

लामखुट्टे र कुकुरलाई पटक्कै मन नपर्ने आवाज यो एपको मद्दतबाट तपाईको स्मार्टफोनले निकाल्छ । तर यसरी निस्कने आवाज मानिसले भने सुन्न सक्दैन ।

कुकुर र लामखुट्टेका लागि त्यो आवाज कति चर्को बनाउने भन्ने चयन गर्न एउटा स्लाइडरको मद्दत लिन सकिन्छ ।

यो एपको ‘फ्रि भर्सन’ पनि उपलब्ध छ तर यसमा केही आवाज उपलब्ध छैनन् । तर केही रकम खर्च गरेमा यो एपले लामखुट्टे र कुकुर भगाउन उपयुक्त सबै आवाजसहितको सेवा तपाईका लागि उपलब्ध गराउन सक्छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell