top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘स्लो मोसन’मा नम्रता श्रेष्ठ र बिबेकसिहं (भिडियो हेर्नुहोस)  |  Published: August 19, 2015  |  बुद्धबार 2 भदौ, 2072  |  9:48 AM  |  Viewed: 4905 times

काठमाडौं, भदौ २ । नम्रता श्रेष्ठ धेरै दर्शकको रोजाइमा पर्ने नायिक हुन । उनीसँग चलचित्र वा म्यूजिक भिडियोमा अभिनय गर्न पाउने अन्य कलाकारलाई त्यसै पनि गर्व लाग्छ ।

मोडल विवेकसिंह ठकुरीले नम्रतालाई मायालु ठानेर गरिएको एउटा अभिनय साँच्चै गर्व गर्न लायक बनेको छ ।

‘स्लो मोसन’मा तयार भएको एउटा गीतको म्यूजिक भिडियो रोमाञ्चक बनेको छ ।

गायक सन्तोष लामाले स्वर भरेको ‘मायालु मुहार तिम्रो’ बोलको गीतमा नम्रता र विवेकसिहं सुहाएका जोडी बनेर देखिएका छन ।

किर्तिपुर, सिनामंगल, कोटेश्वर लगायतका स्थानमा सुटिङ गरिएको भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका छन ।

बर्षमा सिमित भिडियोको निर्देशन गर्ने श्रेष्ठले नम्रता र विवेकसिहंलाई नयाँ अवधारणा अनुरुप उतारेका छन ।

गीतको शब्द र संगीत अनुरुप अभिनय सुहाउँदो भएको छ । ‘स्लो मोसन’मा तयार भएको भिडियो नेपालमा भर्खरै मात्र अभ्यासनमा आउन थालेको हो ।

बुढा सुब्बा डिजिटल प्रालीले सार्वजनिक गरेको भिडियोलाई हरि हुमागाईले खिचेका हुन ।

रोशन भट्टराईको शब्दलाई न्यूह बज्रचार्यले संगीत भरेका हुन । रोशन भट्टराईले नै निर्माण गरेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन ।  
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell