top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

राष्ट्रिय क्रिकेट खेलाडीलाई सुबिसुको एक एमबीपीएस इन्टरनेट र क्लियर टिभी सेवा  |  Published: August 19, 2015  |  बुद्धबार 2 भदौ, 2072  |  6:43 PM  |  Viewed: 679 times

काठमाडौं, भदौ २ । सुबिसु केबलनेट प्रालिले नेपाली पुरुष राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई सम्मानस्वरुप इन्टरनेट तथा नेपालको पहिलो डिजिटल केवल टिभी सेवा प्रदान गरेको छ ।

बुधबार राजधानीमा कार्यक्रम गर्दै सुबिसुले प्रत्येक राष्ट्रिय खेलाडीलाई एक एमबीपीएस अनलिमिटेड ब्रोडब्यान्ड इन्टरनेट र क्लियर टिभीको प्रिमियम प्याकेज प्रदान गरेको हो ।

/>सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले खेलकुदमा विश्वलाई एक ढिक्का गर्ने शक्ति रहने भन्दै क्रिकेट खेलाडीहरुलाई सेवासहितको सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

साउदले समाज तथा राष्ट्रलाई योगदान पुर्‍याउने हरेक कदमलाई सम्मान गर्न सुबिसु सधैं तयार रहेको पनि स्पस्ट पारे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell