top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

उदय र मनिला हरेक साँझ गुञ्जने छन तस्वीर सौजन्य: सरोज रेग्मी  |  Published: August 20, 2015  |  बिहीवार 3 भदौ, 2072  |  7:36 AM  |  Viewed: 2230 times

काठमाडौं, भदौ ३ । नाइटलाइफका लागि गन्तव्य बनिरहेको झमेल नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । यहि भदौ १ गतेदेखि ‘मधुशमा’ नामक रेष्टुरेन्ट प्रारम्भ भएको हो ।

मधुशमाको अर्थ हुन्छ, पिउने साँझ । नामजस्तै यो रेष्टुरेन्टले रात्रीकालिन आगन्तुकलाई स्वागत गर्छ ।

प्रत्येक साँझ साढे पाँच बजेवाट सुरु हुने रेष्टुरेन्टले विभिन्न परिकारका साथै सांगीतिक खुराक समेत पस्कनेछ ।

यहाँ नेपाली युगल गायनका चर्चित जोडी उदय र मनिला सोताङले सांगीतिक प्रत्यक्ष प्रस्तुती दिनेछन् ।

उदय यस रेष्टुरेन्टका प्रवन्ध निर्देशक समेत हुन् । दरवारमार्गमा अवस्थित ‘मधुशाला’ रेष्टुरेन्ट पछि उदयले दोस्रो रेष्टुरेन्ट ‘मधुशमा’ सञ्चालनमा ल्याएका हुन् ।

अक्सर आफ्नो सोलो गीति एल्वममा ‘म’ शब्दवाट नाम जुराउने उदयले रेष्टुरेन्टको नाममा पनि सोहि शब्दवाट सुरु हुने नाम जुराएका हुन् ।

मधुशमामा उदय र मनिलासँगै अर्का चर्चित गायक सुरेशकुमारले पनि गाउनेछन् । ‘तिमी मेरो जिन्दगीको किरण’, ‘प्रिये तिम्रो सम्झना’ जस्ता उनका गीत निकै चर्चित छन् ।

साँझ साढे पाँचवाट सुरु हुने रेष्टुरेन्ट राती ११ वजेसम्म सुुचारु हुनेछ । पूर्ण पारिवारिक वतावरण, आकर्षक इन्टेरियर, सांगीतिक प्रस्तुती र फरक स्वादका परिकार यो रेष्टुरेन्टको विशेषता हुन् ।

पर्याप्त पार्किङ सुविधायुक्त यस रेष्टुरेन्ट ९० जना सिट क्षमताको छ । रेष्टुरेन्टको मेनुमा मौलिक नेपाली परिकारदेखि, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकार उपलव्ध छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell