top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

भदौ १२ मा समर कल्चर फेसन शो  |  Published: August 20, 2015  |  बिहीवार 3 भदौ, 2072  |  7:41 PM  |  Viewed: 1020 times

काठमाडौं, भदौ ३ । आगामी भदौ १२ गते राजधानीमा ‘द समर कल्चर फेसन शो’ हुने भएको छ ।

शोमा मोडलहरु गर्मी मौसममा लगाइने पहिरन तथा भूकम्पीय शैलीमा तयार गरिएका पोशाक लगाएर र्‍यापमा उत्रिने छन् ।

सिनेम्याक्स इन्टरटेन्मेन्टले फेसन शोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

गत असारमा भएको अडिसनमा सहभागी ७० मोडलबाट छनोट भएर आएका १९ मोडलले भदौ १२ मा हुने फेसन शोमा सहभागिता जनाउने प्रशिक्षक प्रवेश गिरीले जानकारी दिए ।

कार्यक्रममा सहभागी मोडलहरुले १० ओटा पृथक शैलीका पोशाक लगाएर र्‍यापमा उत्रिने बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell