top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

बलिउड बक्स अफिसमा तीन चलचित्रको बर्चश्व  |  Published: August 21, 2015  |  शुक्रबार 4 भदौ, 2072  |  12:51 PM  |  Viewed: 14482 times

मुम्बई, भदौ ४ । बलिउडको बक्स अफिसमा तीन चलचित्रले बर्चश्व कायम गर्दा अन्य चलचित्र फिक्का लाग्न थालेको छ ।

एसएस राजमौलीको चलचित्र ‘बाहुबली’ ले अझै पनि बक्स अफिसमा आफ्नो प्रभाव कायम राखेको छ । यो चलचित्रले अनेक कीर्तिमान आफ्नो नाममा राख्दै आएको छ ।

हालै यो चलचित्रले घरेलु बक्स अफिसमा सर्वाधिक कमाउने चलचित्रको सूचीमा आफ्नो नाम अग्रपंक्तिमा राखेको छ । यो चलचित्रले भारतमा मात्र अहिलेसम्म ५०० करोडभन्दा बढी रकम आर्जन गरिसकेको छ ।

अमिर खान अभिनित चलचित्र ‘पीके’ ले घरेलु बक्स अफिसमा ४४० करोड कमाएको थियो भने सलमान खान अभिनित ‘बजरंगी भाइजान’ ले भारतमा करिब ४२० करोड कमाएको छ ।

बिजनेश म्यागजिन ‘फोर्ब्स’ मा प्रकाशित रिपोर्टअनुसार घरेलु बक्स अफिसमा ‘बाहुबली’ले सबै चलचित्रलाई उछिनेको छ । तर कुल कमाईको हिसाबमा ‘पीके’ चलचित्रले अन्य भारतीय चलचित्रलाई उछिनेको छ । यो चलचित्रले हालसम्म ७४० करोड रुपैयाँको कारोबार गरिसकेको छ ।

त्यस्तै ‘बजरंगी भाइजान’ले हालसम्म ६०६ करोड रुपैयाँ कमाइसकेको छ ।

‘बाहुबली’ले पनि कुल कमाईमा ६०० करोडको आंकडा चाँडै छुने अनुमान गरिएको छ । यस चलचित्रले हालसम्म ५७७ करोड रुपैयाँको कारोबार गरिसकेको छ ।

हालसम्म चार भारतीय चलचित्रले मात्र बक्स अफिसमा ५०० करोडभन्दा बढी रकमको कारोवार गरेका छन् । तीमध्ये अमिर खान अभिनित दुई चलचित्र रहेका छन् । अमिर खान अभिनित ‘पीके’ र ‘धुम–३’ ले ५०० करोडभन्दा बढीको कारोबार गरेका हुन् । त्यस्तै ‘बाहुबली’ र ‘बजरंगी भाइजान’ ले पनि ५०० करोडको आंकडा पार गर्ने कीर्तिमान कायम गरेका छन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell