top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

निरंकुश राजा लुई सोह्रौंको टाउको काटियो, यसरी भयो विश्वमै पहिलो राजतन्त्रको अन्त्य  |  Published: August 21, 2015  |  शुक्रबार 4 भदौ, 2072  |  3:44 PM  |  Viewed: 14205 times

काठमाडौं । सन् १७९२ को जनवरी १२ विश्वकै इतिहासमा एउटा महत्वपूर्ण दिन थियो । त्यही दिन विश्वका एकजना निरंकुश राजा ‘लुई सौह्रौं’को टाउको काटिएको थियो । एउटा युगको अन्त्य भएर नयाँ युगको सुरुआत भएको थियो ।

विश्वको इतिहासमा यो क्रान्ति ‘फ्रान्सेली राज्य क्रान्ति’को नामबाट परिचित छ । यही क्रान्तिपछि नै विश्वका अरु देशमा पनि राजतन्त्रविरुद्ध क्रान्ति सुरु भएका थिए ।

फ्रान्समा हेनर चतुर्थले शक्तिशाली केन्द्रीय शासनको स्थापना गरी निरंकुश शासन चलाएका थिए । उनीपछि लुई चौधौं, लुई पन्ध्रौं र लुई सोह्रौंले पनि निरकुंश शासन कायम नै राखे । राजाको शक्ति असीमित थियो । पुल बनाउने जस्ता सानाभन्दा साना कामको लागि पनि राजाको स्वीकृति लिनुपर्थ्यो ।

स्टेट जनरलको अधिवेशन १ सय ७५ वर्षदेखि बोलाइएको थिएन । राजा फजुलखर्ची थिए र भोगविलासमा डुबिरहन्थे । महारानीका लागि मात्र ५ सय जना नोकर चाकर थिए । तबेलामा १९ सय घोडा र दुई सयभन्दा बढी बग्गीहरु थिए । जनतालाई कुनै किसिमको हक, अधिकार थिएन । जनता दुई वर्गमा विभाजित थिए ।

त्यहाँको जनसंख्यामध्ये एक प्रतिशत विशेष अधिकार प्राप्त अभिजात वर्ग थियो । उनीहरु कुनै परिश्रम गर्दैन थिए । किसानहरुको शोषण उनीहरुको जीवनको आधार थियो । जनतामाथि उनीहरुको मनोमानी चल्दथ्यो । उनीहरु वादशाहका मुख्य समर्थक थिए । ९९ प्रतिशत जनता सामन्ती शोषणबाट पीडित थिए । उनीहरु सरकार तथा सामन्त र चर्चको करबाट आक्रान्त थिए । यस वर्गभित्र किसान, कालिगढ, व्यापारी, गरिब र बुजुर्गाहरु पदर्थे । त्यहाँको सामाजिक, आर्थिक ढाँचा पनि उनीहरुको हीत र देश विकासको लागि बाधक थियो ।

राजा लुई चौधौंले वर्षायाममा एउटा शीस महल नामक राजदरबार बनाएका थिए । त्यो दरबार विलासिताको केन्द्र थियो । त्यहाँ १८ हजार मानिसहरु स्थायीरुपमा बसोबास गर्दथे । त्यसमध्ये दुई हजार राजपरिवारका सदस्य थिए भने १६ हजार उनीहरुलाई सेवा गर्ने मानिसहरु थिए । लुई सोह्रौं फ्रान्सको राजगद्दीमा बस्दा त्यहाँको अर्थतन्त्र खस्किसकेको थियो ।

लुई सोह्रौं ज्यादै निरकुंश र अरुको बहकाउमा लाग्ने खालका राजा थिए । उनकी रानी मेरी अन्त्वनेट ज्यादै विलासी र अपरिपक्व खालकी थिइन् । उनलाई गहना र लुगाहरु फेरिफेरि लगाउनुपर्दथ्यो । उनको सेवा गर्नेहरुलाई उनी सधैं ‘बक्सिस’ दिइरहन्थिन् । बक्सिसको लागि मात्रै वर्षमा लगभग ५ लाख अमेरिकी डलर खर्च हुन्थ्यो ।

सामन्त र कुलीनहरु आफ्नो स्वार्थ पूरा गर्नका लागि रानीको माध्यम अपनाउँथे । रानीको बशमा राजा भएकाले रानीको कुरा राजाले अस्वीकार गर्न सक्दैनथे । राजा–रानी र राजदरबारको भोगविलासको लागि नै राष्ट्रिय आम्दानी जति सबै खर्च हुन्थे ।

सन् १७८८ मा फ्रान्समा अनाबृष्टिले गर्दा अन्न उत्पादन हुन सकेन र अनिकाल लाग्न थाल्यो । भोकमरीले फ्रान्सेली जनता धमाधम मर्न थाले । भोकाहरुले दंगा सुरु गर्न थाले । गाउँ–गाउँ र सहरका जनताहरु अहिलेसम्म जुन तरिकाले बाँचिरहेका थिए, अब पनि त्यही तरिकाले बाँच्न तयार थिएनन् ।

सरकारसँग खर्च गर्न रकम अभाव हुन थाल्यो । दाता राष्ट्रहरुले ऋण दिन छोडिसकेका थिए । रकम जुटाउनका लागि १ सय ७५ वर्षदेखि नबोलाइएको स्टेट जनरलको अधिवेशन बोलाउन राजा बाध्य हुनुपर्‍यो । राजा र उनका समर्थकहरुलाई स्टेट जनरलको सहायताबाट जनताको विश्वास प्राप्त गरेर राज्यकोष भर्नका लागि धन प्राप्त गर्न सकिन्छ भन्ने आशा थियो ।

मे ५ सन् १७८९ का दिन स्टेट जनरलको अधिवेशनको उद्घाटन भयो । जसमा पादरी, कुलीन र साधारण वर्गका १२ सय जना सदस्य थिए । त्यसमध्ये ६ सयजना साधारण वर्गका थिए । कुलीन र पादरी विशेषाधिकार प्राप्त वर्ग थियो । अधिवेशनको पहिलो दिन नै ती दुबै वर्गबीच संघर्ष सुरु भयो । साधारण वर्गले नेसनल एसेम्ब्ली नाम दिएर छुट्टै सभाको स्थापना गर्‍यो । लुई सोह्रौंले त्यसलाई स्वीकार गरेनन् । जुन २० मा नेसनल एसेम्बलीको बैठक गर्ने सभागृहमा बादशाहले ताला मार्न थाले । तर, बैठक रोकिएन । उनीहरुले त्यहाँबाट टेनिस कोर्टमा गएर बैठक गरे । त्यस बैठकममा उनीहरुले जबसम्म संविधान बनाउँदैन तबसम्म अधिवेशन नरोक्ने सपथ लिए ।

त्यसको केही दिनपछि नै ९ जुलाईमा स्टेट जनरलले आफूलाई संविधानसभा घोषणा गर्‍यो । यो कुरा राजालाई सैह्य भएन । त्यसपछि राजाले सेनाहरुको भेला बोलाए । सैनिक भेलालगत्तै जनता सडकमा उत्रन थाले र सुरु भयो सेना र जनताबीचको भिडन्त । यसैबीच, राजाले सैनिकलाई गोली चलाउनेसम्मको आदेश दिए, जसमा थुप्रैको ज्यान गयो । विद्रोहको अगाडि राजाको केही चलेन र जनतासामू राजा झुक्न बाध्य भए ।

सन् १९७१ मा राजा र रानी फ्रान्सबाट भागेर विदेशी शत्रुहरुसँग मिल्ने प्रयास गरे । उनीहरुको नोकरको भेषमा दरबारबाट भागे । तर, सीमानामा पुगेपछि त्यहीँका जनताले चिनेर उनीहरुलाई पक्राउ गरी पेरिस ल्याए । त्यो घटनाले अधिकांश जनता गणतन्त्रको पक्षमा आउन थाले । तर, संविधानसभाका धेरैजसो सदस्यहरु राजतन्त्रकै पक्षमा रहे । यसबाट जनतामा ठूलो आक्रोश पैदा भयो ।

१७ जुलाईको दिन राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन भयो । संविधानसभाले प्रदर्शन दबाउन राष्ट्रिय गार्डलाई पठायो । रानीले फ्रान्सका गोप्य योजनाहरु त्यहाँ पठाउन थालिन् । फ्रान्सका क्रान्तिकारी जनता स्वयंसेवकमा भर्ना भएर युद्धमा जान थाले । ‘जैकोविल’ दल यस आन्दोलतनको मुख्य शक्ति थियो । आखिर फ्रान्सले यस युद्धमा विजय हासिल गर्‍यो । यसरी यस युद्धमा राजा र रानी देशद्रोही हुन् भन्ने प्रमाणित भयो । फ्रान्सेली जनताले राजारानीलाई गिरफ्तार गरी कैद गरे । मन्त्रीहरुलाई बर्खास्त गरियो । सबै वयस्क पुरुषहरुलाई भोट दिने अधिकार प्रदान गरियो ।

सन् १९७२ को जनवरीमा राजालाई जिलोटिनमा राखी टाउको काटियो । यसरी जनविद्रोहका बलमा विश्वमै सर्वप्रथम फ्रान्समा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको इतिहास छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell