top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

सुर्तीको सुरुआत कसरी भयो, कसरी–कुन रुपमा शरीरमा हुन्छ असर ?  |  Published: August 28, 2015  |  शुक्रबार 11 भदौ, 2072  |  7:32 PM  |  Viewed: 15551 times

काठमाडौं । आजभन्दा हजारौं वर्ष अघिदेखि नै मानिसहरुले सुर्तीलाई धुम्रपान वा खैनीको रुपमा खान वा सेवन गर्न थालिसकेका थिए । सुर्तीखेतीको सुरुआत सबैभन्दा पहिले करिब ६ हजार वर्षअघि उत्तर तथा दक्षिण अमेरिकाबाट भएको थियो । सुरुमा युरोप तथा एसियाका मानिसहरुलाई अमेरिकाबारे जानकारी थिएन ।

चौथो शताब्दीमा स्पेनका क्रिस्टोफर कोलोम्बस त्यहाँ पुगेपछिमात्र अमेरिका बारे बाँकी विश्वलाई थाहा भएको हो । युरोपेलीहरुलाई अमेरिकाबारे थाहा भएपछि उनीहरुले कालान्तमा त्यसलाई उपनिवेश नै बनाए र त्यहाँका प्राकृतिक स्रोतहरुलाई बढी प्रयोगमा ल्याइयो । त्यहीक्रममा युरोपेलीहरुले अमेरिकामा पहिलेदेखि भएको सुर्तीको ठूलो मात्रामा उत्पादन गरी त्यहीँबाट युरोप र विश्वका अन्य भागहरुमा व्यापक रुपबाट निर्यात गर्न थाल्यो । यसरी निकोटिनको प्रमुख स्रोतको रुपमा रहेको सुर्तीको विश्वव्यापी रुपमा खेती र निर्यातको सुरुआत भयो ।

सुर्तीको असरको बारेमा परापूर्वकालदेखि नै विवाद चल्दै आएको छ । सुरुसुरुमा सुर्तीले मानिसलाई ‘प्लेग’को महामारीबाट जोगाउँछ भन्ने विश्वाससमेत गरिन्थ्यो । तर, लामो समयसम्म सुर्तीको सेवन गर्दा विभिन्न खराबीहरु पनि देखिन्थ्यो । त्यसैले मनिसहरु के विश्वास गर्थे भने सुर्ती र विभिन्न घातक रोगहरुकाबीचमा अवश्य पनि कुनै सम्बन्ध हुनुपर्छ । त्यसबेला विज्ञान तथा प्रविधिको विकास भइनसकेकोेले मानिसहरुको यो शंका प्रमाणित त हुन सकेन तर पछि विज्ञानले त्यसलाई सही ठहर्‍यायो ।

निकोटिन प्राकृतिक रुपमा पाइने तरल अल्कोलाइड रसायन हो । यो रसायन कार्बन, हाइड्रोजन र नाइट्रोजन तत्वहरुको रासायनिक संयोगबाट बनेको हुन्छ । यस्तै, अर्को किसिमको अल्कलोइड रसायन क्याफिन पनि हो । जुन कफी र चियामा पाइने गर्छ । यही कारण कफी र चिया सेवन गरेपछि चुरोट खान थालेपछि मानिसलाई त्यसको तलतल लाग्ने गर्छ । किनभने, यस्ता अल्कोलोइड रसायनले मानिसको शरीरमा प्रभाव पार्ने एक किसिमको आनन्ददायी उत्तेजना पैदा गर्ने गर्छ ।

एउटा सुर्तीको बोटमा करिब ५ प्रतिशत निकोटिन हुने गर्छ । एउटा चुरोटमा चाहिँ त्यसको ब्रान्ड हेरेर निकोटिनको मात्रा ८ देखि २० मिलिग्रामसम्म हुन सक्छ । रोचक त के छ भने चुरोट तान्दा त्यसमध्ये पनि एक मिलिग्राम जतिमात्र हाम्रो शरीरले ग्रहण गर्ने गर्छ । मात्रा यति थोरै भएपनि त्यसले मानिसलाई आनन्द प्रदान गर्ने र त्यसको लत बसाइहाल्छ ।

शरीरमा निकोटिन कसरी घुस्छ र कसरी फालिन्छ ?
अन्य लठ्याउने रसायनहरु जस्तै निकोटिनलाई पनि हाम्रो शरीरले विभिन्न भागबाट ग्रहण गर्न सक्छ । तीमध्ये पनि केही भागहरुबाट यो रसायनलाई हाम्रो शरीरले प्रमुख रुपमा ग्रहण गर्ने गर्छ । जस्तै छाला, फोक्सो, गिजा बाट । तर, हाम्रो शरीरमा सबैभन्दा बढी निकोटिन भित्र्याउने चीज चाहिँ चुरोट नै हो ।

हाम्रो फोक्सोमा स साना हावाका थैलाहरु करोडौंको संख्यामा रहेका हुन्छन् । यी थैलाहरुको काम फोक्सोमा हावा लिने र फाल्ने नै हो । तर, चुरोट खाँदा यी हावाका थैलाहरुमार्फत् निकोटिन हाम्रो रक्त प्रणालीमा मिसिने गर्छ । यी माध्यमहरुबाट शरीरमा प्रवेश गरेको निकोटिन स–साना रक्तनलीहरुमार्फत् निकोटिन रगतमा मिसिन पुग्छ र रगत हुँदै यो तुरुन्तै मस्तिष्कसम्म पनि पुग्छ । यसरी शरीर र मस्तिष्कमा पुगेका निकोटिनले विभिन्न असरहरु गर्ने गर्छ । तर, चुरोट वा सुर्ती खाँदा हामीलाई आनन्द महसुस हुने र यसलाई छोड्नै मन नलाग्ने गरी लत लाग्नुको कारण चाहिँ मस्तिष्कमा यसले छोड्ने गहिरो प्रभाव नै हो ।

सुर्ती वा चुरोट सेवन गरेको १० देखि १५ सेकेन्डमा नै यसको दुब्र्यसनीहरुलाई निकोटिनको प्रभाव भइहाल्छ । त्यसको त निकोटिनको प्रभाव हाम्रो शरीरमा लामो समयसम्म रहिरहँदैन । यसको असर करिब ६० मिनेटसम्म मात्र रहने गर्छ । चुरोट तानेको करिब ६ घन्टापछि शरीरमा घुसेको १ मिलिग्राममध्ये पनि ० दशमलव ०३१ मिलिग्राम निकोटिनमात्र हाम्रो शरीरमा रहिहन्छ ।

शरीरमा घुसेको निकोटिनको ८० प्रतिशत भागलाई हाम्रो कलेजोमा हुने इन्जाइमनहरुले कोटिनिन नामक रसायनमा परिणत गरिदिन्छ । त्यसैगरी, निकोटिनलाई हाम्रो फोक्सोले पनि कोटिनिन र निकोटिनअक्साइड चाहिँ मुत्रको माध्यमबाट शरीरबाट हाहिरिन्छ । कोटिनिनको जम्मा आयु ४८ घन्टामात्र हुन्छ । त्यसैले कसैले पछिल्लो एक वा दुई दिनमा चुरोट खाए/नखाएको कुरा उसको मुत्रमा कोटिनिनको मात्रा जाँचेर पनि पत्ता लगाउन सकिन्छ ।

फोक्सो वा कलेजोले छान्न नसकेको बाँकी निकोटिन चाहिँ रगत शुद्ध गर्ने क्रममा हाम्रो मिगौलाले छान्ने गर्छ । त्यसरी छानिएको निकोटिन पनि मुत्रकै माध्यमबाट शरीरबाट बाहिरिने गर्छ । सुर्ती खान थालेपछि मानिसलाई त्यसको तलतल फेरि लाग्ने गर्छ । कसैको उक्साहटमा वा रहरले यसको सेवन गरेपछि फेरि अर्कोपटक पनि यसलाई उपयोग गर्न मनलाग्ने हुन्छ । वास्तवमा सुर्तीको सेवन गरेपछि मानिसलाई एक किसिमको रमाइलो अनुभव हुन्छ । अझ कतिपयलाई त अत्यन्तै खुसी र रोमान्चक अनुभव हुन्छ ।

प्राकृतिक अवस्थामा नै सुर्तीमा धेरै रसायनहरु हुने गर्छन् र अझ त्यसलाई चुरोट बनाउँदा कतिपय थप रसायनहरु पनि मिसाइन्छन् । तर, मानिसलाई तलतल लगाउने रसायन चाहि सूर्तिमा हुने निकोटिनले नै मानिसलाई आनन्द र रोमान्चकको अनुभूति दिन्छ, जसले उसलाई एउटापछि अर्को चुरोट वा खैनी खानको लागि उत्पेरित गर्ने गर्छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell