top
ImageKhabar
शनिबार, 17 जेष्ठ, 2077 Saturday, May 30, 2020

ImageKhabar Archive

सामाजिक सञ्जाल मार्फत सद्भाव भड्काउनेलाई कारवाही गरिने यादव आचार्य/ईमेज  |  Published: September 1, 2015  |  मंगलवार 15 भदौ, 2072  |  10:29 AM  |  Viewed: 1643 times

बर्दिया, भदौ १५ । चितवन देखि कञ्चनपुर सम्म थरुहट राज्यको माग गर्दै गरिएको वन्द २२ औं दिन पुगेको छ ।

निषेधित क्षेत्र भएका ठाउँहरुमा पसलहरु खुलेपनि यातायात, कलकारखाना ठप्प छन् । सरकारसँग वार्ताको कुरामै सहमती नभएपछि वन्द झन लम्बिएको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया र राजापुर नगरपालिकामा विहान ११ बजे देखि वेलुकी ६ बजे सम्म अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

आन्दोलनकारीले थरुहटको माग गर्दै दिनहुँ निषेधित क्षेत्र वाहिर कोणसभा गर्ने गरेका छन् ।

त्यस्तै,देशमा चलिरहेको आन्दोलनका विषयहरुलाई लिएर विगतका घटनाका दृश्यहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा भ्रम श्रृजना गरी सद्भाव भड्काउनेहरुलाई कारवाही गरिने भएको छ ।

सामाजिक सञ्जालहरुमा राखिएका सद्भाव विथोलिने र द्वन्द फैलाउने किसिमका अभिव्यक्तीहरु प्रति जिल्ला प्रशासन कार्यालय बर्दियाको ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले त्यस्ता गतिविधिहरु प्रशासनले नियाली रहेकोले कानून उल्लंघन गरेको पाईए कडा भन्दा कडा कारवाही गरिने बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell