top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउनेको नयाँ रेकर्ड बन्यो  |  Published: September 12, 2015  |  शनिबार 26 भदौ, 2072  |  6:01 PM  |  Viewed: 6981 times

काठमाडौं, भदौ २६ । रुसी अन्तरिक्ष यात्री गेनाडी पाडल्काले अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने नयाँ रेकर्ड कायम गरेका छन् ।

आफ्नो पाँंचौ अन्तरिक्ष यात्रामा पाडल्काले १ सय ६८ दिन बिताएका थिए । योसँगै उनले कुल ८ सय ७९ दिन अन्तरिक्षमा बिताएर नया रेकर्ड कायम गरेका हुन् ।

सन् २००५ मा रुसी अन्तरिक्ष यात्री सर्गेइ क्रिकालेभले ६ पटकसम्मको अन्तरिक्ष यात्रामा बनाएको रेकर्डभन्दा पाडल्काले तोडेको रेकर्ड ६० दिन बढी छ । पाडल्का अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट सोयुजमा कजाखस्तान उत्रिएका थिए ।

पाडल्कासँगै १० दिन अन्तरिक्षमा रहेका डेनमार्कका आन्द्रेस मोगेनसन र काजाखस्तानका एडिन एमबेतोव पनि सुरक्षित रुपमा पृथ्वीमा ओर्लिएका छन् । अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा एक अमेरिकी, तीन रसियन र एक जापानी अन्तरिक्ष यात्री छन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell