top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

‘इ–कमर्स संचालकहरुले उपभोक्ताहरुको विश्वास जित्न सक्नुपर्छ’  |  Published: October 5, 2015  |  सोमबार 18 असोज, 2072  |  10:41 AM  |  Viewed: 459 times

काठमाडौं, असोज १८ ।  कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले सुरु गरेको आइटी सम्वन्धी कार्यक्रम ‘आइटी टेक टक’ अन्तर्गत पहिलो श्रृंखला सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो श्रृंखला अन्तर्गत ‘नेपालमा इ–कमर्सको अवस्था’ का वारेमा छलफल कार्यक्रम सम्पन्न भएको हो । नेपालमा इ–कमर्सको प्रवेश, विकास क्रम, अवसर, समस्या, चुनौती र भविष्यका सम्भावनाहरुका वारेमा विषयविज्ञहरुले धारणा राखेका थिए ।

कार्यक्रममा इ–कमर्सको विश्वव्यापी अवस्था र नेपालको अवस्थावीच तुलनात्मक विश्लेषण गरी चुनौतीको सामना गर्ने उपायहरुका वारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख वक्ता रुपमा रहेका मुन्चा डटकमका सिइओ अमृत तुलाधरले बजार विस्तारका लागि उपभोक्ताहरुको संख्या बढ्नुका साथै इ–कमर्स संचालकहरुले उपभोक्ताहरुबाट विश्वास जित्न आवश्यक रहेको औल्याए ।

‘इ कमर्समा मुख्य कुरा विश्वास र गुणस्तरीय सेवा हो, यसमा विशेष ध्यान दिनुपर्छ ।’ त्यस्तै कार्यक्रमका अर्का वक्ता फुडमाण्डु डटकमका सिइओ मनोहर अधिकारीले नेपालमा इ–कमर्सको विकास र विस्तारका लागि उपभोक्ताहरुमा विश्वास र चेतना फैलाउनु पर्ने वताए । ‘इ कमर्सको विस्तारका लागि मुख्य कुरा चेतना फैलाउनु पर्छ,’उनले भने ।

कार्यक्रमको सहजकर्ता हेमपाल श्रेष्ठले आइसिटी टेक टक कार्यक्रमले प्रविधि क्षेत्रका समस्या पहिचान गरी समाधान पहिल्याउन मद्दत पुग्ने धारणा राखे ।

त्यस्तै कार्यक्रमको समापन गर्दै नेपाल बैंकका आइटी चिफ सुरेश कुमार कर्णले उपभोक्ताहरुको संख्यात्मक र व्यवसायीहरुको गुणात्मकतामा ध्यान दिन सके इ–कमर्स बिजनेश सफलता उन्मुख हुने धारणा राखे । आर एण्ड डी कमिटीको सहजकर्तामा संचालित कार्यक्रम हरेक अंग्रेजी महिनाको पहिलो आइतवार संचालन हुनेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell