top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

फेसबुकमा आफैं भिडियो ‘प्ले’ भएर हैरान हुनुभएको छ ? छ भने यसो गर्नुस्  |  Published: October 5, 2015  |  सोमबार 18 असोज, 2072  |  1:25 PM  |  Viewed: 20417 times

काठमाडौं, असोज १८ । अचेल फेसबुकमा विभिन्न प्रकारका भिडियो बग्रेल्ती देखिन्छन् । तपाईको टाइमलाइनमा रहेका ती भिडियोहरु चाहेर वा नचाहेर हेर्नैपर्ने बाध्यता पनि हुने गरेको छ । किनकी ‘कर्सर’ पुग्नासाथ ती भिडियो आफैं प्रशारण हुन थाल्छन् ।

धेरैजसोलाई यो फिचर मन पर्न छाडेको छ । किनकी भिडियो प्रशारण हुनासाथ केही न केही तपाईको डाटा खर्च हुन्छ नै ।

केही भिडियो त विभत्ससमेत हुने गरेका छन् । त्यस्तै केही भिडियो तपाईको स्वभाव वा मान्यताका विपरीत पनि हुन सक्छन् । त्यसैले मन नलागे पनि भिडियोको झलक हेर्नै पर्ने बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ ?

यस्तो बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ भने आफ्नो फेसबुक लग इन गर्नुहोस् र दायाँ छेउमा ‘डाउन एरो’ देखिन्छ जहाँबाट तपाई ‘लग आउट’ को सुविधासमेत प्रयोग गर्नुहुन्छ ।

उक्त ‘डाउन एरो’ मा क्लिक गरेपछि ‘सेटिङ्ग’ को विकल्प पाउनु हुनेछ । त्यहाँ क्लिक गरेपछि एउटा नयाँ पेजमा पुगिन्छ ।

उक्त पेजको बायाँतिर सबैभन्दा तल ‘भिडियो’ को विकल्प दिइएको छ । ‘भिडियो’ मा क्लिक गरिसकेपछि दायाँतिर दुई विकल्प हुन्छन् । ‘भिडियो डिफल्ट क्वालिटी’ मा तपाईले ‘एसडी वनली’ छान्नुपर्ने छ भने ‘अटो प्ले भिडियो’ मा रहेका ट्याबमध्ये ‘अफ’ लाई छान्नुहोस् । त्यसपछि तपाई आफ्नो फेसबुकको टाइमलाइनमा आउने भिडियोहरु आफैं प्रशारण हुने समस्याबाट मुक्त हुनुहुने छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell