top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

‘गीतमा प्रेम र विरहसँगै देशप्रेम खोज्नुपर्छ’  |  Published: October 9, 2015  |  शुक्रबार 22 असोज, 2072  |  4:51 PM  |  Viewed: 593 times

काठमाडौं, असोज २२ । गीत–संगीतमा प्रेम प्रणय मात्र नभइ देशप्रेमको भावनाको खोजी गर्नुपर्ने एक कार्यक्रमका श्रष्टाहरुले बताएका छन् ।

गीतकार इशा लावती लिम्बुको ‘परेली’ गीति संग्रहको विमोचनका क्रममा मानिसको भावनालाई एकता गराउने ठूलो शक्ति गीत र संगीतमै भएकाले देशप्रेमको खोजी हुनुपर्ने बताएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले प्रेम र विरहका गीत लेख्नेहरुले देशप्रेमलाई पनि सम्झनुपर्ने बताए । उनले नयाँ पुस्ताले सिर्जना गरेका गीतहरुको प्रष्ट मूल्यांकन हुनुपर्ने औंलाए ।

गीतकार संघका महासचिव शुभ मुकारुङले यतिबेला गीत संगीतमार्फत् देशभक्तिको सन्देस फैलाउनुपर्ने बताए । त्यस्तै, समाचोलक लीला लुइँटेलले पनि प्रेम गीत बढी हुँदै गएकाले अब राष्ट्रप्रेमलाई पनि प्राथमिकता दिनुपर्ने बताइन् ।

ब्रिटिस गोर्खा नेपाली परिषद, बेलायतको सहयोगमा परिषदको नेपाल च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा इजरायलमा रहेकी गीतकार इशा लावतीले भाइबरबाट गीत लेखनको अनुभव सुनाएकी थिइन् ।

ब्रिटिस गोर्खा नेपाली परिषदको विदेश विभाग, उपप्रमुख रहेकी लावतीको यसअघि ‘पहिलो माया’ आधुनिक गीति एल्बम तथा ‘मुक्त आकाश’ मुक्तक संग्रह बजारमा छ ।

कार्यक्रममा श्रष्टाहरु बुलु मुकारुङ, लक्ष्मण शेष, विपीन किरण, योगेन्द्रमणि दाहाल, राधेश्याम लेकाली, विश्वदिप तिगेला, विजय विस्फोटलगायतको उपस्थिति रहेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell