top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

बारपाकी विद्यार्थीले देखाए भूकम्प केन्द्रबिन्दुको बृत्तचित्र  |  Published: October 11, 2015  |  आईतवार 24 असोज, 2072  |  12:03 PM  |  Viewed: 1461 times

काठमाडौं, असोज २४ । गत बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको बिनासकारी भूकम्पबारेको वृत्तचित्र ‘बारपाक भुकम्प केन्द्रविन्दु–२०१५’ को प्रदर्शन गरिएको छ ।

शनिबार ब्राईट एचुकेयर हल महाराजगञ्जमा एक समारोहका बीच उक्त बृत्तचित्र प्रदर्शन गरिएको हो । निर्देशक दशरथ कुमारको निर्देशनमा बारपाकी पुर्व विद्यार्थी समाजले निर्माण गरेको हो ।

वृत्तचित्रले भुकम्पबाट क्षतिग्रस्त एकदमै ठुलो घना बस्ती रहेको नेपालकै नमुना गाउँको रुपमा परिचीत पर्यटकीय गन्तव्यको रुपमा रहेको एतिहासिक बारपाक गाउँलाई भूकम्पअघिकै स्थिीतिमा पु¥याउन मद्दत पुग्ने बिश्वास लिईएको छ ।

यस्तै, भूकम्पबाट तहसनहस बनेको बारपाक नयाँ ढङगबाट व्यवस्थित र शुन्दर बनाउन अब छिटो भन्द छिटो पुनः निर्माण गर्नु पर्ने सन्देश वृत्तचित्रले दिएको बारपाकी पुर्व विद्यार्थी समाजका सचिब तेज गुरुङले जानकारी दिए ।

उक्त वृत्तचित्रलाई देशका बिभिन्न ठाउँसहित बिदेशमा पनि प्रस्तुत गरेर पुनः निर्माणको कार्यमा सम्बन्धित पक्षलाई छिटो सरिक हुन दबाब सिर्जना गरिने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell