top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

सार्क सुफीमा नेपाली कवि  |  Published: October 13, 2015  |  मंगलवार 26 असोज, 2072  |  7:25 AM  |  Viewed: 545 times

काठमाडौं, असोज २६ । फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिट्रेचरद्वारा आयोजित सार्क सुफी सम्मेलन भारतको जयपुरमा जारी छ । दक्षिण एसियाली राष्ट्रहरुको कला, साहित्य र संस्कृति आदान प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गरिने महोत्सव यसपटक भारतको जयपुरमा चलिरहेको छ ।

सार्कमा आवद्ध आठ देशका कवि, लेखक, प्राज्ञ एवं कलाकारहरुको सहभागिता रहेकोे सम्मेलनमा नेपालका तर्फबाट प्रा.डा. अभि सुवेदी, कवि गोपाल पराजुली, कवि एवं समालोचक केशव सिग्देल, कवि ठाकुर बेलबासे र समालोचक मेघराज अधिकारीको सहभागिता रहेको छ ।

महोत्सवमा नेपालका तर्फबाट अभि सुवेदी, केशव सिग्देलल र मेघराज अधिकारीले सुफी र साहित्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने कवि गोपाल पराजुली, ठाकुर बेलबासे, अभि सुवेदी र केशव सिग्देलले कविता पाठ गरेका थिए ।

असोज २३ देखि २६ सम्म चल्ने महोत्सवको राजस्थानका गर्भनर कल्याण सिंहले उद्घाटन गरेका थिए भने राजस्थानका मुख्यमन्त्रीले समापन गर्ने कार्यक्रम रहेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell