top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

भ्यालेन्टाइन डे देखि ‘प्रेमगीत’ आउने  |  Published: October 13, 2015  |  मंगलवार 26 असोज, 2072  |  10:35 AM  |  Viewed: 1277 times

काठमाडौं, असोज २६ । युवा र राष्ट्रियता सम्बन्धी कथा बोकेको फिल्म ‘चंखे शंखे पंखे’ पछि आसुसेन फिल्मसले ‘प्रेमगीत’ को टिजर सार्वजनिक गरेको छ ।

‘रोमान्टिक लभ स्टोरी’ कथा बोकेको फिल्म ‘प्रेमगीत’को टिजर सार्वजनिक भएको हो । आसुसेन फिल्मस प्रोडक्सनको आफ्नै युट्युब च्यानलबाट फिल्मको टिजर मंगलबार सार्वजनिक गरिएको हो ।

यस बर्षको भ्यालेन्टाइन डे अथवा प्रणय दिवसको अवसरमा प्रदर्शन हुने यो फिल्मलाई पनि सन्तोष सेनले नै निर्माण गरेका हुन् । सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा नायिका पूजा शर्मासंगै नवनायक प्रदिप खड्काको मुख्य अभिनय रहेको छ ।

सार्वजनिक टिजरको गीतलाई संगीतकार अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । फिल्मको यो गीतमा रेनेशा राईको कोरियोग्राफी छ भने राजेश श्रेष्ठले उत्कृष्ट प्रविधीको प्रयोग गरी छायांकन गरेका छन् ।

फिल्मको गुणस्तरमा कुनै पनि कमी नआउने गरी निर्देशकको चाहना अनुसार अहिलेसम्मकै उत्कृष्ट प्रविधिको प्रयोग गरि फिल्म निर्माण गरेको निर्माता सन्तोष सेन बताउँछन् ।

प्रेमकथामै आधारित फिल्म ‘मेरो एउटा साथी छ’ बाट उत्कृष्ट निर्देशकको अवार्डसमेत जितिसकेका यसका निर्देशक सुदर्शन थापा यो अहिलेसम्मकै उत्कृष्ट लभस्टोरी फिल्म हुने बताउँछन् । फिल्म ‘चंखे शंखे पंखे’ को सफल प्रदर्शनपछि हौसिएको निर्माण युनिट फिल्म ‘प्रेमगीत’ मार्फत दर्शक माझ आउन लागेको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell