top
ImageKhabar
शनिबार, 17 जेष्ठ, 2077 Saturday, May 30, 2020

ImageKhabar Archive

सगुन डटकमले नयाँ भर्सन ल्याउने, सयौं नेपालीलाई रोजगारी दिने योजना  |  Published: October 17, 2015  |  शनिबार 30 असोज, 2072  |  10:38 AM  |  Viewed: 3875 times

काठमाडौं, असोज ३० । अमेरिकामा रहेका नेपाली युवा गोविन्द गिरीको अगुवाइमा केही महिना अघि सार्वजनिक भएको सगुन एप्लिकेशन नामक सामाजिक सञ्जालले  नयाँ भर्सन ल्याउने तयारी थालेको छ ।

सगुनका संस्थापक गोविन्द गिरी, कबिन्द्र सिटौंला लगायतको टोली नेपाल भर्खरै नेपाल आएर पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आगामी नोभेम्बर १० तारिखदेखि विश्वव्यापी रुपमा नर्या भर्सन सार्वजनिक गर्ने योजना रहेको सुनाए ।

फेसबुक, ट्यूटर जस्ता चर्चित सामाजिक संजालहरुसँग अबको दशबर्ष भित्र प्रतिस्पर्धा गर्न योग्य हुने दावी गर्दै आएको सगुनले स्थापना पछि प्रयोगकर्ताहरुको सुझावका आधारमा नयाँ भर्सन सार्वजनिक गर्न लागेको हो ।

सगुनमा फेसबुक ट्वीटर इन्स्ताग्रामलगायतमा जस्तो सुविधा छ । सगुन इंकको सो वेवसाइटमा खाता खोल्ने, साथी बनाउने तथा  सेक्रेट म्यासेज पठाउने गर्न सकिन्छ । यसो गर्दा प्रयोगकर्तालाई सगुन सोसल कार्ड दिने बताइएको छ ।  जसको प्रयोगबाट ग्राहकलाई अनलाइन सपिङ तथा अनलाइन मार्फत उपहार प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताले खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ । त्यस्तै जति नयाँ साथी बनाउन सक्यो त्यति पैसा कमाइने गिरीले जानकारी दिए । सो रकम निश्चित समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका खुद्रा विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिने समेत उनले जानकारी दिए ।

कार्ड प्रयोगकर्ताको प्रोफाइल सगुन एप्समा समावेश गरिएको हुन्छ । यससँगै रहेको ‘मी’ पेजले प्रयोगकर्ताको व्यवसायिक उपलब्धि हासिल गर्न र समाजिक जीवनको प्रभाव बढाउने मद्दत गर्नेछ । यसअघि सगुनले सेक्रेट र ‘अकेजन’ एप्लिकेशन लञ्च गरिसकेको छ । जसमा प्रयोगकर्ताले तस्वीरमार्फत उनीहरुको व्यक्तिगत क्षण एक अर्कामा साटासाट गर्न सक्छन् ।

सगुन इंकका संस्थापक गिरीले नेपाली तथा सिंगो विश्वको लागि नयाँ प्रविधिको प्रयोग गर्ने अवसर दिन पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् ।

उनले नेपालमा पनि कार्यालय स्थापना गरेर काम सुरु गर्न लागेको बताए । सगुनलाई विश्वव्यापी रुपमा विस्तार गरेर सयौं नेपालीहरुलाई रोजगारी दिने समेत उनले दाबी गरेका छन् । www.sagoon.com

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell