top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

युट्युबमा राखियो ‘फन्को’को ‘लोकल ब्युटी’  |  Published: October 18, 2015  |  आईतवार 1 कार्तिक, 2072  |  8:17 AM  |  Viewed: 2980 times

काठमाडौं, कार्तिक १ । आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र ‘फन्को’ले युट्युब मार्फत चलचित्रको ‘लोकल ब्युटी’ बोलको गित सार्बजनिक गरेको छ ।

चलचित्रले शनिबार बिजया दशमीको अबसर पारेर चलचित्र बितरण कंम्पनी एफ डि मा अनौपचारिक कार्यक्रम संगै गित सार्बजनिक गरेको घोषण गरेको हो ।

style="text-align: justify;">चलचित्र पत्रकारहरुको सहभागितामा आयोजित गित सार्बजनिक कार्यक्रममा निर्माता नरेन्द्र महर्जनले फन्कोलाई नोभेम्बर २४ देखी युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन गर्ने कार्यक्रम तय भैसकेको जनाउदै चलचित्रको गितलाई अनौपचारिक रुपमा सार्बजनिक गरेको बताए ।

लोकल ब्युटी गितमा राजेन्द्र थापाको शब्द चेतन सापकोटाको संगीत कबिराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको द्घन्द्ध रहेको छ । गितमा गायिका ईन्दिर जोशीले स्वर दिएकी छिन भने गायिका जोशीले नै उक्त गितमा नृत्य गरेकी छिन् ।

सुर्बण थापाले निर्देशन गरेको फन्कोमा निर्माता महर्जन संगै गैर आबाशिय नेपाली संघ बेल्जियम निबासी शहदेब गौतम र पदम गुरुङ्गले लगानी गरेका छन ।

पैसाको पछाडी लाग्ने युवायुबतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल,दयाहाङ्ग राई,अनुप बराल, केकी अधिकारी, प्रियका कार्की, केशब भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रको पोखरा काठमाडौं हाईवेमा छांयाकन गरिएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell