top
ImageKhabar
मंगलवार, 13 जेष्ठ, 2077 Tuesday, May 26, 2020

ImageKhabar Archive

१५ लाखको अक्षय कोष स्थापना,दुई जनालाई रु.५१ र रु.२५ हजारको राशीले पुरस्कृत गर्ने  |  Published: October 24, 2015  |  शनिबार 7 कार्तिक, 2072  |  11:37 AM  |  Viewed: 540 times

बिराटनगर, कार्तिक ७ । भाषा साहित्य,समाज सेवा र पत्रकारिताको क्षेत्रमा विशिस्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्येश्यले दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानको स्थापना  गरिएको छ ।

नेपाली भाषा,साहित्य,संस्कृती, शिक्षा,समाज सेवा,पत्रकारिता आदि क्षेत्रमा समर्पित बिराटनगर निवासी ७० बर्षिय प्राज्ञ दधिराज सुवेदीको सम्मानमा वहाँका सुपुत्रद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले प्रतिष्ठान स्थापना गर्न रु. १५ लाखको अक्षय कोषको व्यवस्था मिलाउनु भएको छ। उक्त कोषको रकमबाट प्राप्त हुने ब्याजले हरेक वर्ष प्राज्ञ सुवेदीको जन्म दिवसको अवसर पारेर दुई जनालाई रु.५१ हजार र रु.२५ हजारको राशीले पुरस्कृत गर्ने प्रतिष्ठानको उद्येश्य रहेको छ ।

प्रतिष्ठान गठन गर्न बिराटनगर मा आयोजना गरिएको एक भेला ले प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा शरदराज सुवेदी,सचिवमा दिङ्ग्लाली कान्छो र कोषाध्यक्षमा सिताराम पोख्रेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा श्रीमती ईन्दिरा रिजाल,श्रीमती सरला चापागाईं,माधव अत्री,चूडामणि नेपाल अकिञ्चन र रुपक राज सुवेदी रहेनु भएको छ । यसैगरी सो प्रतिष्ठानको सल्लाहकारमा प्रा.बालकृष्ण पोखरेल,डा. बिष्णुविभु घिमिरे ,डा.तुलसी प्रसाद भट्टराई,प्रा. लालानाथ सुवेदी,र श्रीमती लक्ष्मी उप्रेती लाई चयन गरिएको छ। प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले प्रतिष्ठानको संरक्षकमा दधिराज सुवेदी र श्रीमती मीना सुवेदी रहनु भएको
जानकारी गराउनु भएको छ । सो प्रतिष्ठानले दधिराज सुवेदीले नेपाली भाषा,साहित्य,शिक्षा,समाज सेवा र अनुसन्धानको क्षेत्रमा गर्दै आउनु भएका बिबिध कार्यहरुको संरक्षण र सम्बर्धन गर्दै जाने कुरा पनि सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले बताउनु भयो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell