top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

गायक लाभ जंजुआको निधन  |  Published: October 24, 2015  |  शनिबार 7 कार्तिक, 2072  |  12:23 PM  |  Viewed: 1993 times

काठमाडौ , कार्तिक ७ । वलिउड तथा पञ्जावी संगीत क्षेत्रका चर्चित  गायक एवं  गीतकार लाभ जंजुआ को  निधन भएको छ ।बम्बइ स्थित गोरेगाउँमा वसोवास गर्ने लाभ गत विहिबार आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए । उनले बलिउड तथा पञ्जावीमा थुप्रै गीत गाएका छन् । 

'रब्ब ने बना दी जोड़ी, 'सोणी दे नखरे सोणे लगदे, जी करदा' जस्ता    थुप्रै हिट गीत उनले गाएका छन् । हालै बजारमा आएको नयाँ फिल्म   'सिंग इज़ विलिङ' मा उनले गाएको गीत  निकै चर्चामा रहेको छ । लाभ जंजुआको गायन पञ्जावी गीतबाट सुरु भएको थियो । उनको अचानक निधनले भारतीय संगीत जगत नै स्तब्ध भएको छ । (एजेन्सी )

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell