top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

गूगलले पृथ्वीको कक्ष परिक्रमा गर्ने क्षमताको इन्टरनेट बेलून छाड्ने  |  Published: October 29, 2015  |  बिहीवार 12 कार्तिक, 2072  |  8:52 AM  |  Viewed: 2598 times

काठमाडौं, कार्तिक १२ ।  इन्टरनेट सर्च इन्जिन गूगलले आउँदो वर्ष पृथ्वीको कक्षमा परिक्रमा गर्ने क्षमतासहितको इन्टरनेट बेलून छाड्ने भएको छ ।

बीबीसीका अनुसार पृथ्वीवासीलाई उच्चस्तरीय क्षमतासहितको इन्टरनेट सेवा उपलब्ध गराउन गूगलले यो तयारी गरेको हो ।

आकाशमा विचरण गर्न गूगलले छाड्ने यस विशेष किरणयुक्त बेलून मार्गमा रहने पृथ्वीवासीले आश्चर्यजनक इन्टरनेट सेवा पाउने विश्वास गूगलको छ ।

यस सेवाको परीक्षण भने इण्डोनेशियाको इन्टरनेट सेवा प्रदायक तीन कम्पनीबाट एक साथ गर्ने योजनामा गूगल रहेको छ ।

यसअघि यस्तै योजनामा सरिक रहन एक सम्झौता पत्रमा श्रीलंकाले हस्ताक्षर गरिसकेको छ । सन् २०१३ मा गूगलले यससम्बन्धि योजना न्यूजिल्याडमा सार्वजनिक गरेको थियो ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell