top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

बलिउड अभिनेता रणदीप सुटुक्क आए नेपालको जेलमा  |  Published: October 29, 2015  |  बिहीवार 12 कार्तिक, 2072  |  8:59 AM  |  Viewed: 9453 times

काठमाडौं, कार्तिक १२ । बलिउड अभिनेता रणदीप हुड्डा सुटुक्क नेपाल आएर जेलमा रहेका एक कैदीसँग भेट गरेका छन् ।

अभिनेता हुड्डाले राजधानीस्थित कारागारमा रहेका ‘बिकनी किलर’ चार्ल्स शोभराजसँग भेट गरेका हुन् ।

नायक हुड्डाको यो भेट उनको आगामी चलचित्र ‘मै और चार्ल्स’ का बारेमा केन्द्रीत रहेको बताइन्छ । सो चलचित्र चार्ल्स शोभराजको जीवनीमा आधारित छ ।

जेल प्रशासनको अनुमति लिएर शोभराजसँग भेट गरिएको हुड्डाले संचारमाध्यमलाई जानकारी दिएका छन् । काठमाडौं आउनुअघिसम्म पनि आफूहरुले शोभराजसँग भेट गर्न पाउने हो कि होइन भन्ने दोधार रहेको उल्लेख गर्दै हुड्डाले भने, ‘अन्ततः निर्देशक प्रवाल र मैले शोभराजसँग भेट गर्ने अनुमति पायौं ।’

हुड्डाका अनुसार शोभराजसँग गत आइतबार ७ फिटको दुरीमा रहेर भेटवार्ता भएको थियो ।

उनले भने, ‘मैले शोभराजको भूमिका निर्वाह गर्न लागेको कुरा सुनेर शोभराज खुशी भए, उनले फिल्म हेर्ने इच्छासमेत व्यक्त गरेका छन् ।’

आफूले अनुमति लिएर शोभराजलाई उक्त चलचित्र देखाउने आश्वासन दिएको पनि उनले बताए ।

हुड्डाका अनुसार जेलमा पनि शोभराजले आफ्नो जीवनीमा बन्न लागेको चलचित्रको पोस्टर टाँसेका छन् ।

भेटमा शोभराजले आफ्ना वकिलको दृष्टिकोणलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागेकै कारण चलचित्रका लागि आफूले अनुमति दिएको बताएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell