top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

नौमति बाजा संरक्षणमा मगर समुदाय, के हो नौमति बाजा ? (भिडियो रिपोर्ट) शंकर खनाल/मिलन भण्डारी (इमेज)  |  Published: October 30, 2015  |  शुक्रबार 13 कार्तिक, 2072  |  8:05 PM  |  Viewed: 2307 times

ओखलढुंगा, कार्तिक १३ । सामान्यतयः गाउँघरमा दमाइँ समुदायले बाजा बजाउने काम गर्दछन् । तर, ओखलढुंगामा भने मगर समुदाय नौमति बाजाको संरक्षण अभियानमा जुटेका छन् ।

नेपाली लोक संस्कृतिमा नौमति बाजा निकै महत्वपूर्ण मानिन्छ । नौमति बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगालगायतका बाजाहरु हुन्छन् ।

कम्तिमा नौ जनाले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाजाको समूहलाई नौमति भनिएको हो । केही वर्ष अघिसम्म गाउँघरका कुनै पनि शुभकार्यमा नौमति बाजा अनिवार्य जस्तै थियो ।

विवाह, ब्रतबन्ध, पूजाआजालगायतका अन्य रमाइला कार्यक्रमहरुमा नौमतिको साथले छुट्टै रौनक थप्ने गर्दछ । तर, परम्परागत रुपमा नौमति बजाउँदै आएका दमाइँ समुदायको पछिल्लो पुस्ताले बाजा बजाउन छाड्दै गएपछि यो मौलिक बाजाको संस्कृति संकटमा पर्न थालेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell