top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

संगीतसंग मेरो गहिरो प्रेम छ - सरस्वती लामा भुजेल  |  Published: November 2, 2015  |  सोमबार 16 कार्तिक, 2072  |  6:56 AM  |  Viewed: 2220 times

सरस्वती लामा भुजेल नेपाली गीतसंगीतमा नव प्रवेशी हुन । उनले ५ वर्ष सम्म शास्त्रीयसंगीतको अध्ययन पछि अफ्नै स्वर,संगीत र शब्दमा 'रकपप' एल्बम 'उत्तर-पूर्व' बजारमा ल्याएकी छिन् । एल्बम भित्रका  दुईवटा गीतको म्यूजिक भिडियोमा आफै निर्देशन र मोडलिङ गरेकी सरस्वतीसंग गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

उत्तर-पूर्व एल्बम कस्तो एल्बम हो ?

यो मेरो पहिलो एल्बम हो । गीतसंगीतमा मैले ५ वर्ष वितइ सकेको छु । ५ वर्षको साधना पछि मैले यो यो एल्बम बजारमा ल्याएको छु । यसमा ४ वटा गीत र एउटा म्यूजिक ट्रयाक रहेको । यसमा २ वटा गीतको  म्यूजिक भिडियो पनि रहेको छ ।

गीत पनि आफै सिर्जना गर्नु भएको छ , संगीत पनि आफ्नै र आफै गाउनु भएको छ , संगीतका सबै विद्यामा पहिलो पटक नै देखिनु भयो नि ?

मैले सुरुका पाँच वर्ष अति नै मेहनत गरे । गीतसंगीतलाई प्रेम गरे । मेरो जीवनको सबै भन्दा पहिलो शर्त नै संगीत बन्यो । संगीतप्रतिको मेरो लगावको परिणामा यो एलबम हो । संगीतसंग मेरो गहिरो प्रेम रहेकोछ ।

म्यूजिक भिडियो निर्देशन पनि आफै गर्नु भएको छ , नि ?

म्यूजिक भिडियोको मोडल पनि मै हुँ । मैले खोजेको मोडल र निर्देशक भेटिन पनि । ममा मोडलिङ पनि गर्न सक्ने क्षमता थियो र निर्देशन गर्न सक्ने क्षमता पनि ममा थियो । आफुसंग भएको प्रतिभालाई पनि मैले सदुपयोग गर्नु पर्छ भन्ने लाग्यो ।

अहिले बजारमा एलबम बिक्रि हुदैन भनिन्छ नि ?

हो, एलबमको बजार छैन ।मैले यो थाहा पाएरै एल्बम बजारमा ल्याएको हुँ ।मैले यो एल्बमबाट पैसा कमाउन खोजेको छैन ।  म संगीतमा मात्र लागेको छैन । समाजसेवामा पनि सक्रिय छु । यो एल्बम बिक्रिबाट आएको रकमले म विद्धाश्रममा सहयोग गर्दै छु ।यो कुरा थाहा पाउनुहुने सबै संगीत पारखीले मेरो एल्बम किन्नुहुने छ , भन्ने मेरो विश्वास छ ।

संगीत क्षेत्र त प्रतिश्पर्धी छ भनिन्छ नि ?

मैले शास्त्रीय संगीत सिकेर मात्र संगीतको क्षेत्रमा प्रवेश गरेको हुँ । शास्त्रीय संगीतको राम्रो ज्ञान हुने मान्छे संगीतमा असफल हुन्छ जस्तो लाग्दैन । म आधुनिक , पप , पपरक र भजन सबै गीत गाउन सक्ने क्षमता राख्दछु । यसकारण मलाई प्रतिश्पर्धाको कुनै डर छैन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell