top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘वर्डक्याम्प नेपाल २०१५’ आयोजना हुने  |  Published: November 2, 2015  |  सोमबार 16 कार्तिक, 2072  |  8:47 AM  |  Viewed: 446 times

काठमाडौं,कार्तिक १६ । । संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (सफ्टवेर ‘वर्डप्रेस सम्वन्धि एक दिने सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प नेपाल २०१५’ को आयोजना आगामी मंसिर ५ गते आइतबार (नोभेम्बर २१) का दिन हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह, वर्डप्रेस नेपालद्धारा नेपालमा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ ।

एक तथ्यांक आनुसार झण्डै ५ मा १ वटा विश्वका वेबसाईटहरु वर्डप्रेसले चल्छन् । यस संस्करणको वर्डक्याम्प जावलाखेलको स्टाफ कलेजमा हुनेछ ।

उक्त कलेजको २ ओटा हलहरु मध्ये एउटामा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुमा बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन ।

कार्यक्रम  वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्तिरकम्पनि, सूचना प्रबिधि का बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका सुवास खड्काले दिए ।

कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रममालाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने जानकारी पनि खड्काले दिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell