top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

सिम्रिकले भित्र्यायो अत्याधुनिक हेलिकोप्टर, २३ हजार फिटसम्म उडान, मूल्य २६ करोड  |  Published: November 3, 2015  |  मंगलवार 17 कार्तिक, 2072  |  3:10 PM  |  Viewed: 2262 times

काठमाडौं, कार्तिक १७ । निजी वायुसेवा कम्पनी सिम्रिक एअर प्रालिले अत्याधुनिक हेलिकोप्टर मंगलबार काठमाडौं भित्र्याएको छ ।

फ्रान्सेली कम्पनी एअरबस हेलिकोप्टरर्सद्वारा निर्मित यो हेलिकोप्टरमा पाइलटबाहेक अरु ६ जना बस्न मिल्ने छ ।

२३ हजार फिटसम्म सहजै उडान भर्न सक्ने यो हेलिकप्टरको सहयोगमा हिमाली र पहाडी क्षेत्रमा प्राकृतिक प्रकोपका बेला उद्दार कार्यमा सहयोग पुग्ने बताइएको छ ।

२६ करोड रुपैयाँ मूल्यको यो हेलिकोप्टर सिंगापुरबाट मलेसिया, थाइल्यान्ड, म्यानमार, बंगलादेश हुँदै काठमाडौं ल्याइएको सिम्रिक एअर प्रालिका अध्यक्ष रामेश्वर थापाले जानकारी दिए ।

सिम्रिक एअरले गत जुलाई महिनामा एअरबस हेलिकोप्टर कम्पनी सिँगापुरसँग तीनओटा हेलिकोप्टर ल्याउने सम्झौता गरेअनुसार मंगलबार पहिलो हेलिकोप्टर काठमाडौं ल्याइपुर्‍याएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell