top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

चलचित्र ‘हेट स्टोरी–३’: कामुक दृश्यले ट्रेलर नै भाइरल  |  Published: November 4, 2015  |  बुद्धबार 18 कार्तिक, 2072  |  9:29 AM  |  Viewed: 5081 times

काठमाडौं, कार्तिक १८ । कतिपय चलचित्रहरुमा कामुक दृश्य देखाइएको छ भने सुपर फ्लप भएको प्रशस्त उदाहरणहरु छन् । तर बलिउडको एउटा चलचित्रले भने राम्रो चर्चा बटुलेको छ । युट्यूबमा सार्वजनिक भएको ट्रेलर भाइरल नै बनेको छ ।

मोटी अभिनेत्रीका रूपमा चिनिएकी जरिन खानको कामुक दृश्य भएको ‘हेट स्टोरी–३’  ट्रेलर झण्डै दुई करोडले हेरिसकेका छन् । ट्रेलर रिलिज भएको दुई दिनमा मात्र ५० लाखले हेरेका थिए ।

चलचित्र ‘वीर’ मार्फत बलिउड चलचित्रमा डेब्यू गरेकी तर असफल अभिनेत्रीको सूचीमा परेकी जरिन खान ‘हेट स्टोरी–३’ मा भने निकै कामुक तथा आकर्षक देखिएकी छिन् ।

‘हेट स्टोरी–३’ विशाल पाण्डेयाको निर्देशनमा बनेको चलचित्र हो । यसको ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको हो जसमा कामुक दृश्य देख्न सकिन्छ । अधिकांश दृश्य ‘बेडसिन’ रहेका छन् ।

यस चलचित्रमा सलमान खान अभिनित चलचित्र ‘जय हो’की हिरोइन डेजी शाहको पनि उत्तेजक दृश्य देख्न सकिन्छ ।

चलचित्रमा डेजी शाह, जरीन खानको अलवा शरमन जोशी र करन सिंह ग्रोवरको मुख्य भुमिका रहेको छ । चलचित्र डिसेम्बरमा रिलिस गर्ने तयारी भइरहेको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell