top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

पोखरामा ‘पूर्व पश्चिम हुने होला नी’ को विमोचन  |  Published: November 5, 2015  |  बिहीवार 19 कार्तिक, 2072  |  12:52 PM  |  Viewed: 530 times

पोखरा, कार्तिक १९ ।  गायक पदम थापा मगरको पहिलो लोक तथा दोहोरी गीत ‘पूर्व पश्चिम हुने होला नी’ को हालै एक कार्यक्रमको आयोजना गरी पोखरामा अडियो तथा भिडियो विमोचन गरिएको छ ।

कार्यक्रमको प्रमुख अथिती दोहोरी संरक्षक प्रजापति पराजुलीले मगरको सागीतिक क्षेत्रको सफलताको शुभकामना दिँदै राज्यले कलाकारको बारेमा संविधानमा निर्धारित गर्नुपर्ने बताए ।

प्रविधीले संगीत क्षेत्रमा केही क्षती पु¥याएको भन्दै राज्यले रोयल्टी पाउनुपर्ने व्यवस्था गरिदिर्नुपर्ने बताए । कार्यक्रममा कलाकारको चर्चा गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य चोलेन्द्र पौडेलले मगरको कौडा र साजैलो गीत गाउने शैलीले आफु प्रभावति भएको बताए ।

साथै उनको प्रतिभालाई अघि ल्याउनका लागि आफ्नो सहयोग रहने प्रतिवद्धता जनाएका थिए । गीत दमदार र राम्रो मेलोडी रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालले गीतको समिक्षा गर्दै भनेः‘स्वरमा न्याय रहेको छ ।

गीतको म्यूजिक भिडियो अभिनय गर्ने मोडलको उत्कृष्ट रहेपनि छायाङकन र सम्पादनमा केही कमजोरी रहेको दाहालले बताए । गीतको बारेमा बोल्दै सर्जक मगरले काठमाडौंमा कसैको साथ र सहयोग नपाएको बताउँदै पोखरामा सबैको साथ पाउने आश गरेको बताए ।

गीतमा दोहोरी, सालैजो र कौडा गरी तीनवटा गीत समावेश गरिएको छ । टीका पुन र जुना श्रीसको महिला आवाज रहेको गीतलाई शिव दर्शन डिजिटलले बजार व्यवस्थापन गरको गीतको म्यूजिक भिडियो समेत तयार भएको छ ।

कार्यक्रममा अग्रज कलाकार पदमराज ढकाल र पत्रकार श्याम कुँवरले शुभकामना मन्तव्य राखेका थिए । त्रिवेणी संगीतालयका अध्यक्ष नवराज बरालको सभापतित्वमा कार्यक्रम सम्पन्न भयको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell