top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

एकैसाथ तीन कृति विमोचन  |  Published: November 8, 2015  |  आईतवार 22 कार्तिक, 2072  |  9:42 AM  |  Viewed: 211 times

इलाम, २२ , कार्तिक । तीन साहित्यकारद्वारा लिखित तीनवटा कृतिको शनिबार इलाममा एकैसाथ विमोचन गरिएको छ ।

बुद्धिप्रसाद घिमिरे स्मृति ग्रन्थ संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा साहित्यकार बुद्धिप्रसाद घिमिरेको ‘स्मृति ग्रन्थ’, इन्द्रनारायण सुवेदीको ‘प्रकृति र मान्छे’ कविता सङ्ग्रह र लक्ष्मी पाठकको ‘तर्क’ कविता सङ्ग्रह विमोचन गरिएको हो ।

विमोचित कृतिको साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदी, डा देवी क्षेत्री दुलाल र सहप्राध्यापक जीवनाथ सुवेदीले टिप्पणी गर्नुभएको थियोे ।

सोही अवसरमा स्मृति ग्रन्थ संरक्षण समितिकी संयोजक टीका घिमिरेले स्व पति साहित्यकार बुद्धिप्रसाद घिमिरेको नाममा रु दुई लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

उक्त अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक वर्ष महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा उत्कृष्ट विद्यार्थी, नेपाली विषयमा एमए गर्ने एक विद्यार्थी, छन्दोबद्ध कवितालाई र कविता क्षेत्रमा निरन्तरता दिने एक स्रष्टालाई पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा समाजसेवी युद्धप्रसाद वैद्य, प्राज्ञ कोमल निरौला, सिलिगुढीमा रहेर नेपाली साहित्यको उत्थान र उन्नयनमा योगदान दिने साहित्यकार लोकनाथ चापागाईंले नेपाली साहित्यमा स्व घिमिरेको योगदानबारे चर्चा गर्नुभयो । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell