top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

भारतीय निर्देशकको ‘बागमती’मा नेपाली गीत  |  Published: November 8, 2015  |  आईतवार 22 कार्तिक, 2072  |  5:07 PM  |  Viewed: 3503 times

काठमाडौं, कार्तिक २२ । राजेश हमालको ‘कमब्याक’ मानिएको चलचित्र ‘बागमती’को अफिसियल गीत रिलिज भएको छ ।

सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गीतमा नायिका केकी अधिकारी र गायक विश्व नेपाली फिचरिङमा छन् । स्लो ट्युनको यो गीत चलचित्र भित्र एक महत्वपुर्ण अंश बनेको निर्मात्री यशोधा राईले बताइन ।

style="text-align: justify;">‘सानु एक्लै छौ’ बोलको गीतमा संगीत ए.एस.रामले भरेका छन् भने शब्द चलचित्रका प्रस्तुतकर्ता विजय सत्यालको छ । विजय सत्यालसँगै दिनेश दर्शनधारी प्रस्तुतकर्ता रहेको चलचित्र साउथ इण्डियन प्रविधीमा तयार भएको निर्माण टिमले यसअघी नै बताउँदै आएको छ । ‘बागमती’लाई भारतीय निर्देशक सन्नी केरालाले निर्देशन गरेका छन् ।

पौष २४ लाई सार्वजनिक प्रदर्शन मिति तय गरेको यो चलचित्रमा हमाल र केकीसँगै पुराना नायक शिब श्रेष्ठ, रविकरप्रसाद घिमिरे, ध्रुव कोईराला, कञ्चन ठकुरी, मुकुन्द श्रेष्ठ लगायतको अभिनय छ ।

फ्लोरमा जाँदादेखी नै बजेटदेखी प्रविधी हुँदै चलचित्रले उठान गरेको विषयबस्तुसम्मका कारण चर्चामा रहेको चलचित्र बर्षको प्रतिष्ठित चलचित्रको सुचीमा छ । त्यसो त निर्देशक सन्नी चलचित्र ‘बागमती’ले नेपाली चलचित्र क्षेत्रको अहिलेको ट्रेन्ड नै परिवर्तन गर्ने दाबी गर्छन् ।

अनिष नापित कार्यकारी निर्माता रहेको चलचित्रमा यशोधा राईसँगै सुवर्ण महर्जन, अञ्जना भारी, सरस्वती दर्शनधारी र आयुषा दर्सनधारीले निर्माणमा सहकार्य गरेका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell