top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

गीतमै कुकुरको पीडा, गीतमै सन्देस(भिडियोसहित)  |  Published: November 10, 2015  |  मंगलवार 24 कार्तिक, 2072  |  9:13 AM  |  Viewed: 2323 times

काठमाडौं, कार्तिक २४ ।
 ‘हे मानव मलाई कुकुर भन, कुत्ता भन, तर भुस्याहा नभनी देऊ
  फालिएको बासी, कुहिएको देऊ तर बिष घोलेर नदेऊ’

यी माथिका गीतका हरफ हुन । कुकुरले बाँच्न पाउनुपर्छ भन्ने अपेक्षासहित यस्तो मार्मिक गीतले मानव जातिलाई गतिलो पाठ सिकादिएको छ । गीतको परिकल्पनाकार तथा गायक हुन प्रविण बज्राचार्य ।

सडकमा डुलिहिड्ने होस या घरमा परिवारको सदस्यझैं पालिने कुकुरहरुको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।

एक सचेत प्राणीका रुपमा स्वीकार गरिने कुकुरलाई तिहारमा पुजा गरिने भए पनि मानिसहरुले नै कुटेर अचेत तुल्याइदिने प्रबृत्तिको विरुद्धमा गीतले आवाज दिएको छ । कुकुरको आँखा फुटाइदिने, तेजाब खन्याएर पीडा दिने जस्ता गलत क्रियाकलापलाई मार्मिक ढंगले भिडियोमा सार्वजनिक गरिएको छ ।

गीतमा कुकुरहरुलाई नै मोडेल बनाएर गायक आफैं पनि उपस्थित भएका छन् । जनावरहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ भन्ने सन्देश यस म्युजिक भिडियोले बोकेको छ ।

डा. सुनिल सापकोटाको रचना, कल्याण सिंहको संगित तथा प्रदिप जोशीले म्युजिक एरेन्ज गरेको यस गीतको छायांकन तथा निर्देशन नवीन के. श्रेष्ठले गरेका छन् । गीतको भिडियो हेर्दा बृत्तचित्रकै झल्को आउँछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell