top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

मिस वल्ड नेपाल इभानाको विश्वव्यापी हुने इच्छा  |  Published: November 13, 2015  |  शुक्रबार 27 कार्तिक, 2072  |  7:54 AM  |  Viewed: 1698 times

काठमाडौं, कार्तिक २७ । मिस नेपाल वल्ड २०१५ का लागि इभाना मानन्धर मिस वल्डको अन्तिम तयारीमा रहेकी छन् । यद्यपी, उनले मल्टिमिडियाको साहारामा अझबढी विश्वव्यापी हुने इच्छा देखाएकी छिन् ।

सान्या चाइनामा डिसेम्वर १९ मा हुन लागिरहेको ६५औं संस्करणको मिस वल्डमा सहभागि हुन लागिरहेकी इभाना यतिखेर चीन जानुअघी मल्टिमिडियामा धेरै भन्दा धेरै देखिन चाहन्छिन ।

विभिन्न अर्थपूर्ण उपस्थिति जनाएर मल्टिमिडियामा आउनु र त्यसबाट प्राप्त हुने प्रचार पनि प्रतियोगिताको एउटा हिस्सा हुने भएपछि इभाना अहिले यस्ता कार्यक्रमहरुमा अझ बढी देखिन थालेकी छन् ।

तयारीकै क्रममा नेपालका विभिन्न कार्यक्रमहरुमा उनी व्यस्त रहेकी छन् । नेपाल सम्वत ११३६मा उनी व्यस्त भइन। उनले नेपालको आफ्नो मौलिक सम्वतको अवसरमा सबैलाई शुभकामना दिइन ।

पछिल्ला केहि दिनमा उनी मल्टिमिडियामा निकै व्यस्त देखिन्छिन । सामाजिक सञ्जालहरुमा समेत निकै व्यस्त देखिएकी उनले सामाजिक अभियानहरुमा पनि हात वढाएकी छन् । नेपालीहरुले गरेका अभियानहरुमा उनले हृदयदेखिनै समर्थन र ऐक्यवद्धता जनाएकी छन् ।

सामाजिक सञ्जालहरुको दुनियाँमा नेपालीहरुले बनाएको सामाजिक सञ्जाल सगुन डटकम (sagoon.com)को दोस्रो संस्करणलाई विश्वव्यापी बनाउने अभियानमा समेत इभाना लागेकी छिन ।

नेपाली भएकोमा गर्व गर्ने बताउने इभानाले संसारभरका नेपालीहरु जसले गरेको राम्रो कार्यमा पनि हौसला दिएर सफल बनाउनु पर्ने उल्लेख गर्दै सगुन डटकम (sagoon.com)लाई पनि सबै नेपालीहरुले प्रयोग गरेर सहयोग पुर्‍याउनुपर्ने बताइन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell