top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

सुस्मिताले आमा र छोराको सम्बन्धलाई चलचित्रमा उतार्ने  |  Published: November 15, 2015  |  आईतवार 29 कार्तिक, 2072  |  9:47 AM  |  Viewed: 2849 times

काठमाडौं, कार्तिक २९ । नायक भुवन केसीको पूर्व श्रीमती सुस्मिता बम्जनले चलचित्र निर्माण गर्ने भएकी छिन ।  प्रेम र पारिवारिक पृष्ठभूमिमा आधारित चलचित्र ‘म त तिम्रै हुँ’ को शुभमुहुर्त गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेकी हुन ।

हालै एक समारोहबीच क्यामेरा पूजा गर्दै चलचित्रको निर्माण गर्ने जनाएकी हुन । चलचित्रमा उनले आफ्नै छोरा अनमोल केसीलाई निर्माता बनाएकी छिन भने सुवास थापालाई पनि निर्माताकै रुपमा उभ्याएकी छिन् ।

चलचित्रको मुख्य भूमिकामा भने विजय लामा र सुस्मिता आफै रहने छिन । साथै नयाँ अनुहारहरु जीवन भट्टराई, आकाश श्रेष्ठ, जोत्सना योगी, अनुपम श्रेष्ठको मुख्य अभिनय रहने छ ।

चलचित्रलाई सौरभ लामाले छायांकन गर्ने छन भने हर्कुलस बस्नेतको संगीत तथा मिलन केसीको द्वन्द्ध रहने कार्यक्रममा जानकारी गराइयो । सुस्मिता बम्जनले चलचित्रको कथा तयार पारेकी छिन साथै कृष्णहरि आचार्यले पटकथा लेखेका छन् ।

आमा र छोरा बीचको सम्बन्धका बारेमा नयाँपुस्तालाई जानकारी दिन आफूले लामो समयको तयारी पछि चलचित्र निर्माण गर्न लागेको सुस्मिताले बताइन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell