top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive

विद्यार्थीले बनाए हावाबाट चल्ने रिक्सा  |  Published: November 16, 2015  |  सोमबार 30 कार्तिक, 2072  |  4:44 PM  |  Viewed: 6113 times

मोरङ, कार्तिक ३० । मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् ।

इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् ।

हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौं ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् ।

नेपालमै पहिलोपटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए । उनले भने–‘डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।’

विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत रु एक लाख २५ हजार रहेको छ ।

‘राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ’–मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा. सुभास पोखरेलले भने । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell