top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

निशा अधिकारीले किन गरिन अमेरिका पुगेर कपाल दान ?(भिडियो हेर्नुहोस)  |  Published: November 18, 2015  |  बुद्धबार 2 मंसिर, 2072  |  9:26 AM  |  Viewed: 7101 times

काठमाडौं, मंसिर २ । सगरमाथाको चुचुरोमा पुगेर झन्डा फहराएर साहसिक नायिकाको रुपमा परिचय बनाएकी निशा अधिकारीलाई यतिबेला नयाँ ‘लुक्स’ मा देख्न पाइन्छ ।

नेपाली परम्परामा छोराले मात्र कपाल मुन्डन गर्न पाउने मान्यतालाई तोड्दै उनले अमेरिका पुगेर कपाल मुन्डन गर्न भ्याइन । मुन्डन गरेपछि शुभचिन्तकहरुले रहस्यको खुबै खोजी गरेका थिए ।

यद्यपी, उनले शुभचिन्तकहरुले रुचाए पनि नरुचाए पनि १७ बर्षको उमेरदेखि कपाल काट्ने सौख पुरा गरेको बताएकी छिन । ईमेज च्यानलको चलचित्र कार्यक्रममा अन्तरबार्ता दिदैं निशाले अमेरिका पुगेर मुन्डन गर्दा कपाल दान गर्ने अवसर समेत पाएको बताएकी छिन । किमोथेरापी गरिरहेका बालबालिकाको लागि उनले कपाल दान समेत गरेकी थिइन ।

मुन्डनकै ‘लुक्स’मा लुटेरा चलचित्रमा अभिनय गरेकी उनले आफू उत्साहित भएको बताइन । भनिनः‘दर्शकहरुबाट नेपाली माया पाएँ, नयाँ लुक्सलाई धेरै दर्शकहरुले रुचाइदिनुभएको छ ।’

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell