top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive

विजुली र इन्धन बिनै उच्च स्थानमा पानी तान्ने मेसिन नेपालमा ध्रुव भट्टराई (इमेज)  |  Published: November 18, 2015  |  बुद्धबार 2 मंसिर, 2072  |  11:22 AM  |  Viewed: 10767 times

विराटनगर, मंसिर २ । उर्जा सकंट तथा इन्धनको अभाव भइरहेको बेला मोरङको सोराभागमा पहिलो पटक इन्धन, बिजुली र सौर्यशक्तिको प्रयोग बिना नै पानी जम्मा गर्ने प्रविधि प्रयोगमा ल्याइएको छ ।

हाइड्रोलिक र्‍याप सञ्चालन गरी भिरालो जमिनबाट पानी उचाइमा लगिएको हो । पानीलाई पानीकै काइनेटिक इनर्जी र इम्पल्स भल्बको प्रयोग गरी उचाइमा लगिएको छ ।

विराटनगरका इन्जिनियर एकराज भट्टराईले दुुई हप्ता लगाएर यो प्रविधि सञ्चालनमा ल्याएका हुन ।

एक इन्च पाइपमा ६ फिट ओरालो खसाई स्थानीय पाइप फिटिङ्ग्सको प्रयोग गरी स्रोत भन्दा २२ फिट माथि एक दशमलव पाँच लिटर प्रतिमिनेटको दरमा पानी चढाइएको छ ।

चौबिसै घण्टा हाइड्रोलिक र्‍याप सञ्चालन हुँदा प्रतिदिन २१ सय ६० लिटर पानी जम्मा हुने गरेको छ ।

२५ हजार रुपैयाँको लागतमा पानी लिफ्ट गर्न सकिएको हो । इन्धन संकटको अवस्थामा यो प्रविधि तराईमा भन्दा पनि पहाडी क्षेत्रमा धेरै उपयोगी हुने इन्जिनियर भट्टराई बताउँछन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell