top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

नाकाबन्दीविरुद्ध कलाकारहरु सडकमा  |  Published: November 21, 2015  |  शनिबार 5 मंसिर, 2072  |  4:09 PM  |  Viewed: 698 times

काठमाडौं, मंसिर ५ । भारतीय नाकाबन्दीबाट सिर्जित मानवीय संकट समाधानका लागि दबाब दिन चलचित्रकर्मीहरुले ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ शुरु गरेका छन् ।

वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको संयोजकत्वमा गठित चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानले आज राजधानीमा पत्रकार सम्मेलन गरी समस्याको सम्बोधन र निराकरणका लागि विभिन्न दबाबमुलक कार्यक्रम गर्ने जानकारी दिएको छ ।

अभियानले आगामी मंगलबार राजधानीको शान्ति बाटिकाबाट बृहत् र्‍याली निकाली शहर परिक्रममा गर्ने कार्यक्रम राखेको छ । अभियानका संयोजक शर्माले राष्ट्रिय विपत्तिको बेलामा एक भई र्‍यालीमा सहभागी हुन आह्वान गरे ।

अभियानले भारतीय दूतावास, आन्दोलनरत दल, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

अभियानले वर्तमान समस्याको तत्काल समाधानको माग गर्दै प्रधानमन्त्री केपी ओलीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell