top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

चलचित्र ‘बाग्मती’ पुस २४ देखि प्रदर्शन हुने  |  Published: November 22, 2015  |  आईतवार 6 मंसिर, 2072  |  7:56 PM  |  Viewed: 2275 times

काठमाडौं, मंसिर ६ । सन्नी केरलाद्वारा निर्देशित तथा दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति रहेको साउथ इन्डियन प्रविधिमा निर्मित मनोरञ्जनात्मक नेपाली चलचित्र ‘बाग्मती’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।

ट्रि इन्टरमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा समाजमा घटेका घटनालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

आज पत्रकार सम्मेलन गरी प्रस्तुतकर्ता दर्शनधारीले समाजमा रहेका मध्यम वर्ग र उच्च वर्गको पारिवारिक जीवनशैली र भोगाइलाई चलचित्रमा प्रस्तुत गरिएको बताए ।

निर्माता सत्यालले मैलिएको बाग्मतीलाई सफा बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा निराशाजनक भए पनि चलचित्रले आशा जागोस् भन्ने कामना गरे ।

चलचित्रमा नायक राजेश हमाल, शिव श्रेष्ठ, रमेश अधिकारी, नायिका केकी अधिकारी, श्रेया कार्कीलगायतले अभिनय गरेका छन् । चलचित्र दुई महिना लगाएर निर्माण गरिएको थियो । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell