top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

नाकाबन्दीको विरोधमा कलाकारहरु उत्रिए सडकमा (भिडियो)  |  Published: November 24, 2015  |  मंगलवार 8 मंसिर, 2072  |  7:24 PM  |  Viewed: 7678 times

काठमाडौं, मंसिर ८ । मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीको विरोधमा कलाकारहरुले मंगलबार राजधानीमा र्‍याली निकालेका छन् ।

चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानको आयोजनामा निकालिएको र्‍यालीमा सहभागी कलाकारहरुले मधेसी मोर्चाको आन्दोलनलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने बताए ।

देशको आन्तरिक समस्या समाधान नभएसम्म छिमेकीले पनि हेपिरहने भन्दै मधेसी जनताका जायज माग सम्बोधन गर्नुपर्नेमा कलाकारहरुको जोड थियो ।

उनीहरुले नेपालमाथिको हस्तक्षेप तत्काल बन्द गर्न भारत सरकारलाई आग्रह गरेका थिए ।

थुप्रै कलाकारहरु सहभागी भएको र्‍यालीले रत्नपार्कबाट सुरु भइ सहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell