top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

साहित्यकार निकाहरिका बालसेवामा  |  Published: November 25, 2015  |  बुद्धबार 9 मंसिर, 2072  |  7:45 PM  |  Viewed: 876 times

काठमाडौं , मंसिर ९ । साहित्यकार  नीलम कार्की निहारिकाले लेखस्व, पुस्तक रोयल्टी या पुरस्कारको रकम बालबालिकाको शिक्षाका निम्ति प्रदान गर्ने भएकी छिन् । अनेसासले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको डायस्पोरिक नारी हस्तक्षार सर्बोकृष्ट पुस्तक पुरस्कार ग्रहण गर्दै पुरस्कार र उपन्यासको रोल्यटी बालबालिकाको शिक्षाका निम्ति प्रदान गर्ने घोषण गरेकी हुन । उनले अब देखि लेखनबाट आउने सम्पूर्ण रकम र भर्खरै प्राप्त गणेश दुर्गा नई पुरस्कारबाट आउने रकम असाहय बालबालिकाको शिक्षाका निम्ति प्रदान गर्ने बताएकी छिन ।

निहारिकाका हालसम्म 'हवन' , 'बेली' ,'कागजमा दस्तखत' तीन कथा सग्रह, र 'ब्रेन फिभर' कविता संंग्रह र 'मौन जीवन' ,'अर्की आइमाई' जस्ता उपन्यास प्रकाशित भएका छन । निहारिकाको अर्की आइमाई उपन्यास कृति निकै चर्चित छ । 

राष्ट्रिय कविता महोत्सव २०५६ बाट पुस्कृत कार्की एक दर्जन पुरस्कार र सम्मानबाट सम्मानित भएकी छिन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell