top
ImageKhabar
शनिबार, 17 जेष्ठ, 2077 Saturday, May 30, 2020

ImageKhabar Archive

कविता : भालेको बयान  |  Published: November 26, 2015  |  बिहीवार 10 मंसिर, 2072  |  8:30 AM  |  Viewed: 857 times

- भरत भारद्वाज

श्रीमान् मेरो गल्ती छैन

म भाले हुँ
मेरो एकान्तलाई
मेरो मौनतालाई
मेरो शान्तिलाई
मेरो धर्मलाई
पोथीहरू नै भङ्ग गर्छन्
आफ्नो सुन्दरताले
आफ्नो आकर्षणले
आफ्नो चालले
आफ्नो  सुवासले
अनि म मात्तिन्छु
तात्तिन्छु
सन्किन्छु
सल्किन्छु
र पोथीलाई चलाउँछु

म भित्र सुतेको पुंसत्वलाई
पोथीहरू नै जगाउँछन्
अनेक तरीकाले
म नमात्तिए
मैले नचले
मैले अघि नसरे
म नब्रिगिए
पोथीहरूको पेट भरिन्न
मन भरिन्न
मलाई थुनेर
मलाई थुकेर
मलाई बाँधेर
मलाई छाडेर
पोथीमा हरियाली आउँदैन

 उनीहरूले नराम्रो नजर
नराम्रो पारा
नराम्रो स्पर्श भने पनि
मजा दिन
तृप्ति दिन
सन्तुष्टि दिन
मै भाले चाहिन्छ
हरेक पोथीहरू सुरूमा
भालेको स्पर्शलाई काँडा भन्छन्
विस्तारै पग्लँदै गएपछि
हाम्रो स्पर्श बिना बाँच्न सक्दैनन्
मध्यान्तर अघि उनीहरूको गुनासोले नै
मेरो गल्ती हैन श्रीमान्


मैले केही गरिन भने
मैले चलिन भने
मैले अँगालिन भने
म देखि तर्केर अर्को भालेसँग जान्छन्
पग्लिन
छोइन
चलिन
लुटिन
मैले उनीहरूतिर फर्के
मलाई छाडा भन्छन्
मैले अर्कोतिर फर्के
मलाई नामर्द भन्छन्
पोथीहरू पवित्र देखिन
भालेलाई दोष लाउँछन्
अनि मजा लिन र मैलिन
भालेलाई बोलाउँछन्

उनीहरूको ढाड चिलाएको बेला मात्र
हामी उफ्रिएको ठीक हुँदो रहेछ
के हाम्रो चाहना चाहिँ गलत हो ?
के हामी चलेको चाहिँ नराम्रो हो ?
के हाम्रो कदम चाहिँ बलात्कार हो ?
त्यसैले भाले भन्दैमा म साले होइन
म नराम्रो होइन
म खराब होइन
म अपराधि होइन
मलाई चिसोमा राखेर
मलाई ठण्डा नपार
किनकी पोथीलाई तातो चाहिन्छ

आज उनीहरूलाई मनपरी गरेर
म जेल गएमा
उनीहरूलाई मीठो मजा दिन
मीठो निद्रा दिन
प्रिय चल्ला दिन मै चाहिन्छ
उनीहरूको नखराले
पाखण्डले
गुनासोले
मलाई सजाय दिन्छ
तर मेरो स्पर्शले
मेरो मनपरीले
उनीहरूलाई सन्तुष्टि दिन्छ
त्यसैले म भाले हुँ
मेरो गल्ती छैन श्रीमान् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell