top
ImageKhabar
मंगलवार, 13 फागुन, 2076 Tuesday, February 25, 2020

ImageKhabar Archive

‘प्रेमगीत’ गाउनेलाई एक लाख पुरस्कार गोबिन्द मरासिनी/ईमेज  |  Published: November 28, 2015  |  शनिबार 12 मंसिर, 2072  |  10:56 AM  |  Viewed: 1802 times

काठमाडौं, मंसिर १२ । नेपाली चलचित्र ‘प्रेम गीत’ को निर्माण पक्षले गायनको क्षेत्रमा नयाँ कलाकारको खोजी थालेको छ ।  शुक्रबार राजधानीमा निर्माण पक्षले पत्रकार सम्मेलन मार्फत चलचित्रको शीर्ष गीत मार्फत देशभरबाट गायक गायिकाहरुलाई गायनमा स्थान दिने जानकारी दिएको हो ।

‘आसुसेन फिल्म प्रोडक्सन’ ले निर्माण गरेको प्रेमगीतको चर्चामा रहेको शिर्ष गीत ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्’ बोलको गीत मार्फत प्रतियोगिता गराउने भएको हो देशभरका गायनमा इच्छुक कसैले पनि गीत गाएर भिडियो पठाउन अनुरोध गरिएको छ ।

सुगम पोखरेल र अञ्जु पन्तको आवाज रहेको उक्त गीतमा देशभरी रहेका गीत गाउन सक्ने प्रतिभावान गायक गायिका सबैले भाग लिन पाउनेछन ।  ‘युट्युब कभर सङ् कम्पिडिसन’ नाम दिइएको प्रतियोगिताका लागि गीतको ट्रयाक समेत युट्युब अपलोड गरिने बताइएको छ ।

२७ नोभेम्बरदेखि २६ डिसेम्बरसम्म सहभागीले भिडियो पठाउनु पर्नेछ भने १० डिसेम्बरदेखि १ जनवरीसम्म प्रतिष्पर्धामा आएका मध्येबाट उत्कृष्ट भिडियोहरु युट्युबबाट अपलोड गरिनेछ । फ्रेबुअरी १० मा सहभागी मध्येबाट युट्युब भिअर्सका आधारमा उत्कृष्ट १० को घोषणा गरिने चलचित्रका निर्माता सन्तोष सेनले बताए ।

उत्कृष्ट १० मध्येबाट गीतका गायक गायिका र संगीतकारले सर्वोकृष्ट प्रतिभाको छनोट गर्ने छन । साथै गायनमा अब्बल देखिएका प्रतिभालाई संगीतकार अर्जुन पोखरेलले आफ्ना संगीतमा गायनको अवसर दिनेछन ।  प्रतियोगीतामा विजेता हुनेलाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।

यस्तै उत्कृष्ट १० मा पर्न सफल सहभागीलाई १र१ सेट मोबाइल प्रदान गरिनुका साथै उत्कृष्ट २० मा पर्न सफल सहभागीलाई बिदेश पढ्न जान चाहनेलाई उचित छुटमा अध्ययनको व्यवस्था गरिने सेनले जानकारी दिए । बिजेताको नाम शिर्ष गीत गाउने गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त तथा संगीतकार अर्जुन पोखरेलले विजेताको नाम घोषणा गर्ने छन् ।

निर्माण पक्षले शुक्रबार प्रेम गीतको शिर्ष गीतको भिडियो सार्वजनिक गरेसँगै ‘युट्युब कभर सङ् कम्पिडिसन’का लागी आवेदन खुल्ला गरिएको हो । हालसम्म कै उत्कृष्ट प्रविधीको प्रयोग गरी निर्माण गरिएको यो चलचित्रल  दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

आगामी माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा पुजा शर्मा र प्रदीप खड्कासँगै सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणा र राजाराम पौडेल लगायतको अभिनय देख्न पाईन्छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । 


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell