top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

‘नयाँ सीमाना’ले जित्यो राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार  |  Published: December 1, 2015  |  मंगलवार 15 मंसिर, 2072  |  3:50 PM  |  Viewed: 874 times

काठमाडौं, मंसिर १५ । राष्ट्रिय कविता महोत्सव २०७१ मा सुर्खेतका कवि एकल यात्री प्रथम भएका छन् । यात्रीको ‘नयाँ सीमाना’ शीर्षकको कविताले २० हजार रुपैयाँ नगदसहित प्रथम पुरस्कार प्राप्त गरेको हो ।

ओखलढुंगाका कवि चेतनाथ धमलाको ‘पाठशाला’ नामक कविताले १५ हजार रुपैयाँ नगदसहित दोस्रो पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
/>
काठमाडौंकी कवयत्री शशी थापा पण्डित, गोर्खाका कवि नारायण पोखरेल र लमजुङका कवि हरिशरण परियारले तृतीय पुरस्कार प्राप्त गरेका छन् । तृतीय पुरस्कारको राशी जनही १०÷१० हजार रुपैयाँ रहेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विजयी कवि तथा कवयत्रीलाई पुरस्कार वितरण गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक अप्ठेरोमा परेको अहिलेको अवस्थामा साहित्यकारहरुले वातावरण बनाउन ठूलो भूमिका निर्वाह गर्नसक्ने धारणा राखिन् ।

कार्यक्रममा संस्कृतिमन्त्री आनन्द पोखरेलले नेपाली साहित्यको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय कविता महोत्सव महोत्सव आयोजना गर्ने गरेको छ ।

यो वर्ष महोत्सवमा कुल २ सय ७६ ओटा कविता प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । तीमध्ये उत्कृष्ट ३० र त्यसबाट पनि उत्कृष्ट १० हुँदै पहिलो दोस्रो र तेस्रो कविता छनोट गरिएको बताइएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell