top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

भारतप्रति कलाकारको बुझाइः‘सज्जन मित्रको मौनता घातक हुँदोरहेछ’(भिडियो)  |  Published: December 2, 2015  |  बुद्धबार 16 मंसिर, 2072  |  12:53 PM  |  Viewed: 1358 times

काठमाडौं, मंसिर १६ । तराइ–मधेसमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले ठूलो संकट निम्ताएको बताएका छन् । नाकाबन्दीका विषयमा चलचित्रकर्मी तथा अन्य कलाकारहरुले यतिबेला राष्ट्रिय स्वाभीमान जोगाउनु पर्ने बेला आएको बताए ।

कलाकार आरपी पन्त, बसुन्धरा भुषाल, लक्ष्मी गिरीले देश र जनतालाई दुःख दिने भारतको मित्रता गलत भएको बताए । निर्देशक मोहन निरौंला राष्ट्रियताको बचाउका लागि संघर्षमा उत्रिनु पर्ने बेला भएको बताए ।

अर्का निर्देशक राजेन्द्र सलभले भारतले गरेको नाकाबन्दीविरुद्ध हामीले बोल्नुपर्ने बेला आएको बताए । उनले भने ‘दुष्टको दुष्टाइ भन्दा पनि सज्जनको मौनता धेरै घातक हुन्छ, त्यसैले यो बेला मौन भएर बस्ने बेला होइन ।’

कलाकार किरण केसी र गायक बद्री पंगेनीले राजनीतिक दलहरुलाई देश र जनता र देशको माया भए बेलैमा सोच्नुपर्ने सुझाव दिए । उनीहरुले देशमा रगतको खोलो बग्न नदिन सचेत रहन आग्रह गरे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell