top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

जुकरबर्गद्धारा छोरी जन्मेको खुसियालीमा ९९ प्रतिशत शेयर दान गर्ने घोषणा  |  Published: December 2, 2015  |  बुद्धबार 16 मंसिर, 2072  |  6:07 PM  |  Viewed: 2937 times

काठमाडौं, मंसिर १६ । सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक मार्क जुकरबर्गले छोरी ‘म्याक्स’ जन्मेको खुसियालीमा कम्पनीको आफ्नो भागमा रहेको लगभग सबै शेयर दान गर्ने घोषणा गरेका छन् ।

जुकरबर्गले छोरीको नाममा फेसबुक पेजमा लेखेको पत्रमा पत्नी प्रिसिला र आफूले जीवनकालमै ९९ प्रतिशत शेयर दान गर्ने घोषणा गरेका हुन् ।

जसबाट उनको छोरीका लागि विश्व राम्रो स्थान बन्न सक्ने विश्वास लिएका जुकरबर्गले उल्लेख गरेका छन् । यो शेयरको अहिलेको रकम ४५ अर्ब डलर हुन आउँछ ।

जुकरबर्गले यो रकम बालबालिकाको लागि खर्च गर्ने बताइएको छ । तर, यो शेयर भने तत्काल दान गरिने छैन । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell