top
ImageKhabar
बुद्धबार, 25 मंसिर, 2076 Wednesday, December 11, 2019

ImageKhabar Archive

रिमाल र बास्कोटा नारायणगोपाल संगीत सम्मानबाट सम्मानित  |  Published: December 5, 2015  |  शनिबार 19 मंसिर, 2072  |  1:51 PM  |  Viewed: 544 times

काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायण गोपालको २५औं स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोषले संगीत क्षेत्रमा योगदान पुर्‍याएका दुई स्रस्टालाई सम्मान गरेको छ ।

शनिबार राजधानीको महाराजगन्जस्थित स्वरसम्राट नारायणगोपालकै निवासमा गरिएको कार्यक्रममा कोषले रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र संगीतकार शम्भुजित बास्कोटालाई सम्मान गरेको हो ।

दुबैलाई वरिष्ठ गीतकार अमर गुरुङले जनही २५ हजार रुपैयाँ र ताम्रपत्रले सम्मान गरेका हुन् ।

बास्कोटाले चार दशकभन्दा लामो समयदेखि गायन, गीत लेखन र संगीत क्षेत्रमा निरन्तर लाग्दै ३ सयभन्दा बढी नेपाली चलचित्रमा संगीत दिइसकेका छन् ।

गायक हरिप्रसाद रिमाल तथा संगीतकार बास्कोटालाई संगीतमा पुर्‍याएको आजीवन योगदानबापत सम्मान प्रदान गरिएको कोषकी महासचिव उषा शेरचनले बताइन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell